गृहपृष्ठ खबर सैनामैनामा कृषि कार्यका लागि ट्रयाक्टरको भाडादर तोकियो

सैनामैनामा कृषि कार्यका लागि ट्रयाक्टरको भाडादर तोकियो

प्रकाशित मिति:

वैशाख १९, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकामा कृषि कार्यका लागि ट्रयाक्टरको भाडादरमा एकरुपता कायम गरिएको छ । नगरपालिका अन्तरगत गठित सैनामैना ट्रयाक्टर व्यवसायी समन्वय समिति र नगरपालिका बीच शुक्रबार बसेको संयुक्त बैठकले भाडादर कायम गरेको हो ।
कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै यसको न्युनिकरणका लागि नगरक्षेत्र भित्र रहेको कृषि योग्य जमिनमा कृषि उपजको उत्पादन बढाउने उद्देश्यले कृषिको यान्त्रिकरण अन्तर्गत ट्रयाक्टरको भाडादरमा एक रुपता कायम गरिएको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार नगरमा भाडादरमा एकरुपता नभएको कृषकहरुको गुनासो आएपछि कृषको हितलाई ध्यानमा राख्दै शनिबारदेखी भाडादर लागु हुने गरि नयाँ भाडा दर कायम गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नयाँ भाडादरमा ट्रयाक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार २ सय ५० रुपैंयाँ र रोडाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ कायम गरिएको बताउनभुयो । यसैगरी थ्रेसरको भाडा पनि प्रतिघण्टा १ हजार ८ सय रुपैयाँ कायम गरिएको पन्थीको भनाइ छ ।

कसैले तोकिएको दररेट भन्दा बढी रकम लिन पाउने छैनन् । तर, तोकिएको दररेट भन्दा कम भने लिन सक्नेछन् । यद्यपि, तोकिएको भाडादर भन्दा बढी लिएमा नगरपालिका वा नगरपालिकाको कृषि विकास शाखामा जानकारी गराउन समेत नगरपालिकाले आग्रह गरेको छ । भाडादरमा एकरुपता नहुँदा किसानहरु मर्कामा परेका थिए ।

सम्बन्धित् समाचार