गृहपृष्ठ कला/साहित्य घरभित्रै गर्न सक्ने काम गरौं देश र जनताको स्वास्थ्यका लागि जिम्मेवार बनौँ – सुरक्षा भट्टराई

घरभित्रै गर्न सक्ने काम गरौं देश र जनताको स्वास्थ्यका लागि जिम्मेवार बनौँ – सुरक्षा भट्टराई

विश्व समाज कयौं राष्ट्र आफ्नै धुनमा २०२० भव्य रुपमा मनाउने परिकल्पना बुनिरहेको थिए भन्न सकिन्छ विश्वनै २०२० मनाउन आतुर थियो मस्त थियो।अमेरिका विश्वको शक्तिशाली राष्ट्रको रुपमा चिनिएको थियो,चीनले आफ्नो समानले विश्व बजार ढाकिसकेको थियो,युरोपियन राष्ट्रले आफ्नो सुन्दरताले विश्व आकर्षण गरिरहेका थिए नेपाल पर्यटन वर्ष २०२० भव्य रुपमा मनाउने तयारी गरिरहेको थियो।त्यतिकैमा आगोको ज्वाला एकैपटक उठेजस्तै सुरु भयो कोरोना अर्थात कोभिड १९को विश्व आतंक त्यो पनि चीनको वुहान प्रान्तबाट।हाल विश्व कोरोनासंग लडाइँ गरिरहेको छ।

८३ हजारको ज्यान गइसकेको छ १४ लाख बढी संक्रमीत छ्न अहिले विश्व मानव इतिहासनै आपतमा छ।पहिलो संक्रमण अक्टोबरमा पत्ता लागेपनी चीन र विश्व स्वास्थ्य संघठनले यो एक व्यक्तिबाट आर्कोमा सर्ने आधिकारिक तथ्री नभेटिएको दाबी गरे र ख्याल गरेनन र डिसेम्बरमा यो चीनमा एकैपटक धेरैमा फैलिएपछी यस्को बारेमा चर्चा र तथ्य एकाएक आउन लागे र कोरोनाले पनि बिस्तारै आफ्नो पाइला विश्व बजारतिर लम्काइसकेको थियो र हालको अवस्था सिर्जना भएको छ।

हाल विश्वनै कोरोना संग जुधिरहदा विश्वको जम्म ०.०३% भुभाग ओगटेको मेरो देश नेपाल पनि अछुत रहन सकेन र अन्तत कोरोनाको लडाइँमा हुमिन पुग्यो अन्य राष्ट्र जस्तै।आज नेपाल लकडाउन सुरु भएको पनि करिब १६ दिन पुगिसकेछ।म पनि आफ्नो ठाउँ बाट सरकारलाई सघाइराखेकी छु।
बिहान उठछु कोरोनाको कहरसंगै,
सबैसँग कुरा जोड्छु कोरोनाको नामसंगै।
बोलाउछु झक्झक्याउछु अनि सचेत बनाउछु सबैलाइ,
कोरोनाको डरसंगै,भगवानको भरसंगै।।।

अहिलेको लकडाउनको समय सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बाहेक सबैलाइ फुर्सदको समय बनेको छ।म पनि अहिले फुर्सदको समयमा नै छु।यो समयको सदुपयोग गर्दै म सामाजिक संजाल चलाउछु,परिवार संग मिठा गफ गर्दै खेल्छु रमाउछुँ समचार हेर्दै सचेत बन्छु र परिवारलाई पनि सचेत गराउछुँ किनकि मलाइ थाहा छ घर लकडाउन भएपनी देश लकडाउन भएपनी माया,सम्बन्ध,रमाइलो,गफ,पढाइ,लेखाइ केही लकडाउन भएको छैन भन्ने।सायद मेरो त्यही विचारले गर्दा म अहिले युरोपको ईतिहास,प्रथम विश्व युद्धका किताबहरु पढ्दै छु।म यति धेरै कुरा लेख्न काबिल पनि यहि लकडाउनले भएको अनुभव मैले गरेकी छु।मलाइ थाहा छ म यो समयमा बाहिर निस्कन सक्दैन भन्ने मेरो देशको अवस्था मैले बुजेकी छु ।

त्यहिभएर मेरो घरमा उत्पादित सामाग्रीबाट स्वादिलो र मीठो खाना पकाउन पनि मैले सिक्दै छु जस्तो सुकै अवस्थामा पनि बाच्नु पर्छ भन्ने सिक्दै छु जिवनका हरेक अवसरहरुको पहिचान गर्दै छु अपठ्याराहरु बुझ्दै छु र जीवन जिउने पाठ पढ्दै छु।मेरो बाबा समाजमा काम गर्न निकै सक्रिय हुनुहुन्छ त्यही भएर समाजका दुखी पीडितलाई आवस्यक सुरक्षा अपनाएर खाने व्यवस्था पनि हामिले गरेका छौं यो समयमा मैले दुखि पिडित विपन्न वर्गको समस्यालाइ नजिकबाट बुझ्ने अवसर पाएकी छु।मनमा खेलेका प्रश्न जस्तै विश्वमा जस्तोसुकै अवस्था समाधान गर्न बनेका ती आयोग कता हराय ती विश्वका ठुला ठुला अस्पताल कता हराय कहाँ छन के गरिरहेका छन अनि आफै उत्तर दिन्छु अहिले यो अवस्था सायद धेरै वर्षपछि सिर्जना भएको छ सार्स प्लेग जस्ता रोगले पनि विश्व त्राश पारेका थिए नि यो अवस्था पनि त्यस्तै बनेको छ।यस्को सुरुवातको सत्य र तथ्य विश्वलाई थाहा नभएर होला यस्को उपचार हुन नसकेको अनि फेरि आफैलाई उत्तर दिदै सबैको प्रश्नको मनमा खेलाउदै भन्छु आखिर घरमै बस्नु यस्को उपचार हो भने हामी किन यो उपचारलाई प्रभावकारी बनाउन सकेनौं।अहिले मनमा उब्जिएका हजारौं प्रश्न आफै शान्त गर्दै छु।
म त घरमै बस्छु अनि तपाईं नि?

मेरो लकडाउनलाइ त मैले धेरै कुरा सिक्ने सकारात्मक र फाइदाजनक बनाइराखेकी छु।किताबी ज्ञान मात्र नभएर समाजका विसङगती विकृति को अध्यान गर्ने गरेकी छु।आशा छ तपाईंहरु पनि यो लकडाउनलाइ यसरी नै प्रभावकारी बनाउनु भएको छ।
अन्तयमा हाल सम्म विश्वभरी कोरोनाको कारण मृत्युहुने प्रती मेरो तर्फ बाट पनि हार्दिक श्रद्धासुमन अर्पण गर्न चहान्छु हार्दिक श्रादन्जली व्यक्त गर्न चहान्छु।मेरो लकडाउन अहिलेलाइ यति नै हाल घरमै बसौं लकडाउनको पुर्ण पालना गरौं।अवज्ञत होला नि इटली स्पेन अमेरिका जर्मनको अवस्था त्यो कुरा ध्यानमा राख्नु अतिआवश्यक छ।घरभित्रै गर्न सक्ने काम गरौं देश र जनताको स्वास्थ्यका लागि जिम्मेवार बनौँ ।
#घरमै_बसौं_स्वास्थ_रहौं ।
सकल सत्य समर्थनद्वारा आयोजित लेखन प्रतियोगितामा द्वितीय हुन सफल लेख ।

सम्बन्धित् समाचार