नेपाली कागे्रंस बुदभूमी नगरपालिकाले बुद्धभुमी नगरपालिकालाई ५१हजार रुपैया विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ । नगरपालिकाले आवहान गरेको कोषमा नेपाली काग्रंसले पनि नगरका गरिव विपन्न तथा कोरोनाको सक्रंक्रमण र लक डाउनको समस्यामा परेकालाई सहयोग गर्न सहयोग गरेको समितिले जनाएको छ । नेपाली कागे्रंस बुदभूमी नगर समितिका सभापति माधव दोमासेको नेतृत्वमा गएको टोलीले बुदभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठलाई बैंकमा जम्मा गरेको ५१ ह्जार रकमको वंैक भौचर प्रदान गरेका हुन ।
सो अवसरमा वोल्दै दोमासेले विपदको वेला नगर भित्रका गरिब बस्तीहरुमा खाद्यान्न वितरण गरेको र केही रकम नगरको कोषमा सहयोग गरी सरकरलाई सहयोग गरेको बताए । विभिन्न संघ संस्थाले नगरपालिकाले आवहान गरेको सहयोगको लागी नेपाली काग्रेसले पनि सहयोग गरेको हुंदा पार्टी लाई धन्यवाद ज्ञापन गरे साथै सामाजिक उतरदाहित्वको लागी राजनैतिक दलको सहयोग गर्ने पार्टीको अभियानले नगरको काममा सहयोग पुगेको बताए ।
भौचर हस्तान्तरण टोलीमा क्षेत्रिय सचिव रोमलाल खनाल, नगर सचिव कृष्ण बन्जाडे,कमल अधिकारी वडा नं १ का अध्यक्ष तेज बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो । नेपाली कागे्रंस कपिलवस्तुले जिल्लाका विभिन्न पालिकाहरुका गाउं बस्तीमा राहत साम्रगी वितरण अधियान जारी राखेको जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए ।








