गृहपृष्ठ खबर कोरोनाको संक्रमण बढेपछि विजयनगरमा पनि लुकीछिपी आएका ९८ जनालाई क्वारेन्टाइनमा राखियो

कोरोनाको संक्रमण बढेपछि विजयनगरमा पनि लुकीछिपी आएका ९८ जनालाई क्वारेन्टाइनमा राखियो

प्रकाशित मिति:

कपिलवस्तुको विजयगर गाउँपालिकामा लुकीछिपी आएका ९८ जना नागरिकलाई शनिवार क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबै भारतको महाराष्ट्रको मुम्बई, पुँणे लगायतका विभिन्न ठाउँबाट लुकीछिपी आएका हुन् । उनीहरुलाई ५ वटा क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ ।

विदेश र गाउँपालिका बाहिरबाट आएका सबैलाई उचित व्यवस्थापनसँगै तत्कालै क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । यसरी लुकीछिपी आउने गरेकोले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने थापाले बताउनुभयो ।

हाल विजयनगरको क्वारेन्टाइनमा जम्मा १ सय ६३ जना रहेका छन् । जसमध्ये ३२ जना महिला रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार