नेपालि कांग्रेस कपिलवस्तुले स्थानिय तहलाई दोस्रो चरणको राहत बाड्न आग्रह गरेको छ । लामो समयको लकडाउनका कारण दैनिक मजदुरि गरेर खाने तथा विपन्न परिवारहरुको चुलो बल्न छोडेपछि कांग्रेस कपिलवस्तुले राहत उपलब्ध गराउन आग्रह गरेको हो । यद्यपि पहिलो चरणको राहत पाईसकेरका हरुको पनि राहत सकिए पछि भोकभोकै मरिन्छकी भन्ने जस्ता गुनासा बाहिर आउन थालेपछि यस्तो भनिएको कांग्रेस कपिलवस्तुले जनाएको छ ।

जिल्लामा कोरोनाको जोखिम बढ्दै जाँदा लकडाउन लाई प्रशासनले अझै कसिलो बनाएको छ । यस्तो बिषम परिस्थीतिमा दैनिक गुजरा चलाउन गाह्रो भएका विपन्न तथा गरिब परिवारहरुलाई सकेसम्म छिटो राहत उपलब्ध गराउन कांग्रेस कपिलवस्तुले माग गरेको छ । जिल्लामा रहेका सबै नागरिक हाम्रा हुन भन्ने उदेश्यका साथ स्थानिय तहले समान तरिका बाट राहत उपलब्ध गराउनु पर्ने नेपालि कांग्रेसका जिल्ला सभापति सुरेन्द्र राज आचार्यले बताएका छन् ।
त्यस्तै नेपालि कांग्रेसका केन्द्रीय सदस्य अतहर कमाल मुसलवानले स्थानिय तहले पहिलो चरणको राहतमा केहि विभेद भएको जनाएका छन । उनले पहिलो चरणमा जे भएता पनि अबको चरणमा सबै विपन्न तथा गरिब परिवार समेटिने गरि दोस्रो चरणको राहत सुरुगर्नु पर्ने बताए ।









