वैखरी अनलाइन बुद्धभुमी,
विश्व महामारिको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड 19) ले देश पुरै लकडाउनमा छ। यतिबेला कोरोना संग विश्व लडिरहेका बेला बुद्धभुमी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेले आफ्ना वडामा अन्यत्रबाट आउनेका लागि
बुद्धभुमी क्याम्पस चौवनपुुरमा ५० बेडको क्वारेन्टाइन स्थापना गरिएको जानकारी दिनुभएको छ । नगरपालिकाले क्वारेन्टाइन स्थापना गरे पनि अध्यक्ष न्यौपानेले आफ्ना वडामा अन्य जिल्ला संगै छिमेकी मुलुकबाट लुकिछिपी आउनेलाई उच्च सतर्कताका साथ निगरानी राखी वडामै रहेको क्वारेन्टाइनमा राखिने बताउनु भएको छ।
यसो गर्दा विशेष त आफ्नो वडाका वडाबासिलाई कोरोनाबाट सुरक्षीत राख्न सकिने पनि बताउनु भयो।
छिमेकी वडा ७ र १० का एक एक जनामा कोरोना पोजेटिभ देखिए पछि अझ कडाइका साथ वडाबासिलाई अति आवश्यक काम बाहेक बाहिर ननिस्कन समेत अनुरोध गर्नुभएको छ।
क्वारेन्टाइनमा रेहेकाको खाना नास्ता साथै सम्पुर्ण चिजको व्यवस्था वडाले नै गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो ।