विश्वमाभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व नै त्रसित छ । सो महामारीको संक्रमणलाई थप भयावह हुन नदिन नेपाल सरकारले जारी गरेको लकडाउन जारी गरेको छ । लकडाउनको चपेटामा विशेष गरि गरिब , विपन्न घरपरिवारलाई मारमा परेका छन् ।
सोही अवस्थालाई मध्यनजर गर्दै कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा न. ८ सिंरहामा आई.एन.एफ नेपालद्वारा गरिब परिवारलाई राहत वितरण गरिएको छ ।

आई।एन।एफ नेपाल कपिलवस्तु शाखा र महाराजगन्ज नगरपालिका को समन्वयमा गरिब , विपन्न परिवारलाई राहत मा दाल ,चामल,नुन र तेल वितरण गरिएको छ ।
रातहमा चामल २५ किलो , दाल २ किलो , नुन १ किलो र सन् फलावार ९तेल० १ किलो गरिब परिवारलाई वितरण गरिएको आई.एन.एफ नेपाल कपिलवस्तु शाखा को निमित्त प्रमुख मीना माहतोले जानकारी दिनु भएको छ ।
महाराजगन्ज नगरपालिका को वडा नं ८ र विभिन्न वडा मा राहत वितरण गरिन्छ ।
राहत वितरण मा ज्योती क्षेत्री, सुरक्षाकर्मी , समाजसेवीहरु को उपस्थिति थियो ।








