गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजारभन्दा धेरै, दुई हजार दुई सय ६ जनाको ज्यान गयो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजारभन्दा धेरै, दुई हजार दुई सय ६ जनाको ज्यान गयो

प्रकाशित मिति:

भारतमा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार दुई सय १३ जनामा सङ्क्रमण देखिएको छ भने एक हजार पाँच सय ५९ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म २१ हजार जना कोभिड–१९ बाट पूर्णरुपमा ठिक भएर घर फर्किएका छन् । तर कोरोना सङ्क्रमण बढ्ने क्रम नरोकिँदा कुल सङ्क्रमितको सङ्ख्या ६७ हजार एक सय ५२ भएको छ । यीमध्ये ४४ हजार जना डाक्टरको रेखदेखमा छन् । सङ्क्रमितमध्ये दुई हजार दुई सय ६ जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ुभारतमा रिकभरी रेट अब बढेर ३१ दशमलव १५ प्रतिशत पुगेको छ ।ु

केन्द्रीय स्वास्थ्य मन्त्रालयले अपिल गर्दै भनेको छ, ुकसैलाई कोभिड–१९ को लक्षण देखिएमा तत्काल उपचारको लागि पहल गर्नुपर्छ, लुकाउनु हुँदैन । हामीले यसो गरेनौँ भने हामी बिरामीमात्र हुँदैनौँ, परिवारका सदस्यलाई पनि खतरामा पार्छौँ ।ु

भारत सरकारका अधिकारीहरुका अनुसार क्लिनिकल कण्डिशनको आधारमा र नयाँ डिस्चार्ज नीतिको अनुसार निकै सामान्य र मध्यम लक्षणका रोगीहरुलाई विना कोभिड–१९ परीक्षण घर पठाउन सकिन्छ । यस्तो विषयमा होम आइसोलेशनको संशोधित दिशानिर्देश जारी गरिएको छ, जस अनुसार घरेलु आइसोलेशनपछि परीक्षणको आवश्यकता हुने छैन ।

आरोग्य सेतु एपको माध्यमबाट अहिलेसम्म झण्डै १ दशमलव ४ लाख जनालाई कोरोना भाइरसको खतराको बारेमा सूचना दिइएको भारत सरकारले दाबी गरिएको छ । साथै एपको माध्यमबाट ६ सय ९ सम्भावित हटस्पट्स मार्किङ गरिएको जनाइएको छ । सरकारका अनुसार झण्डै ९ दशमलव ८ जनाले यो एप डाउनलोड गरिसकेका छन्, जुन १२ भारतीय भाषामा उपलब्ध छ ।

गृह मन्त्रालयका अनुसार वन्दे भारत मिसन को माध्यमबाट १० मेसम्म २३ वटा उडान पठाएर विदेशमा रहेका झण्डै चार हजार भारतीयलाई स्वदेश ल्याइसकिएको छ ।

रेल मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार अबको केही हप्तासम्म प्रत्येक दिन सयभन्दा धेरै रेल चल्नेछन् । रेल चलाउन पनि केही नियम निर्देश गरिएको छ । कोरोना लक्षण देखिएकाले रेल यात्रा गर्न पाउने छैनन् । रेलमा सामाजिक प्रतिबन्धको पालना र मास्क लगाउन अनिवार्य गरिएको छ ।

सम्बन्धित् समाचार