गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगाको क्वारेन्टाइनमा ५० जना, दुई दिनमा ३५ जना थपिए

कपिलवस्तुको बाणगंगाको क्वारेन्टाइनमा ५० जना, दुई दिनमा ३५ जना थपिए

नेपाल भारतको सिमामा नेपालीहरु हप्तौदेखि अलपत्र परेकोमा रातको समयमा लुकिछिपि गरी आउने बढेपछि कोरोको त्रास झन बढेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाकाको क्वारेन्टाइनमा ५० जना पुगेका छन । दुई दिनको अवधिमा ३५ जना क्वारेन्टाइनमा थपिएका हुन । क्वारेन्टाइनमा थपिनेको संख्या दैनिकरुपमा बढ्न थाले पछि बाणगंगाले नगरपालिकाले थप सय बेडको निमार्णको तिव्र तयारी गरेको नगरपालिकाका उपप्रमुख चक्र अर्यालले बताए ।

यो संगै बाणगंगा नगरपालिकाले सम्पुर्ण नगरबासिहरुका लागि नआतिएर पुर्ण रुपमा लकडाउनको पालना गर्न आग्रह गरेको छ । यस्तै बाणगंगा नगरपालिकाका स्वाथ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार भारत बाट लुकिछिपी आउनेको संख्यामा बृद्धि भएपछि स्वास्थ्यकर्मीहरु लाई पनि स्ट्यान्डवाई राखिएको र थप बेडको संख्या बढाउन र्तफ लागिएको उनको भनाई छ ।

सम्बन्धित् समाचार