गृहपृष्ठ खबर बाणगंगाकी संक्रमित बालिकाको सम्पर्कमा आएकाहरूको रिपोर्ट आज आउने

बाणगंगाकी संक्रमित बालिकाको सम्पर्कमा आएकाहरूको रिपोर्ट आज आउने

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ कि कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएकाको रिर्पोट (कन्टेक्ट ट्रेसिङ) आज आउने भएको छ ।

बालिकाका सम्र्पकमा आएका परिवारका सदस्य , बालिकालाई काठमाडौ सम्म लैजाने सवारी चालक र चालकको प्रत्यक्ष सम्पर्कमा आएकाहरूको स्वाब रिपोर्ट आज मात्र आउने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाइ जानकारी दिएका छन ।

हालसम्म सम्र्पकमा आएका १०२ जनाको रिर्पोट आएको छ भने परिवारका सदस्य सहित केही चालकको सम्र्पकमा आएकाको रिर्पोट आज आउने उनले बताए ।

सम्बन्धित् समाचार