धनकुटामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ। धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।
संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवारको सदस्य रहेका विपीका सहायक प्रवक्ता डा अशोक ऐरले बताए । सोमबार धनकुटा अस्पतालकी नर्समा संक्रमण देखिएपछि ८३ जनाको नमुना संकलन गरिएको थियो । तीमध्ये पाँचजनामा कोरोना पोजेटिभ देखिएको हो ।