गृहपृष्ठ खबर कपिलवस्तुका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना , नवलपरासी १ पुरुष मा संक्रमण देखिएको हो। यस्तै कपिलवस्तुमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ७ महिला र १८ पुरुष रहेका छन्। ३ वर्षीया बालकमा पनि संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कूल संक्रमितको संख्या ४२७ पुगेको छ।

सम्बन्धित् समाचार