कपिलवस्तुमा आज भेटिएका सबै संक्रमित २ साता अघि भारतको मुम्बईबाट जानकारिमा आएको छ ।
कपिलवस्तुमा आज थप १२ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ। यो संगै कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ।
महाराजगगञ्ज नगरपालिकाका ५ परिवारमा कोरोना संक्रमण भएको छ। एकै घरमा ३ जनामध्ये आमा र २ छोरी तथा अर्का घरमा आमा छोरीलाई कोरोना संक्रमण भएको हो। उनीहरुमध्ये २ बालक ,२ बालिका, ४ महिला ,२ पुरुष छन्उनीहरु सवै मुम्वईबाट नेपाल आएको शिसवा स्वास्थ्य चौकीका स्वास्थ ईन्चार्ज वेगपाल चौधरीले वताए।
महाराजगंज नगरपालिकामा भेटिएका संक्रमित ९ जना नै २ साता अघि भारतको मुम्बईबाट घर फर्केका हुन्। १ सय ८ जनाको स्वाब संकलन गरिएकोमा ९३ जनाको आएको रिपार्टमा ९ जना संक्रमति भेटिएका हुन्। १५ जनाको रिपार्ट आउन बाँकी छ। उता बिजयनगर गाउपालिकामा वडा नम्बर २ का २२ वर्षिय र वडा नम्बर ७ का ३५ र ४८ वर्षीय पुरुष संक्रमित भेटिएको गाउपाकिलका स्वास्थ्य संयोजक यज्ञ प्रासद भट्टराईले जनाकारी दिए।
३५ र ४८ वर्षिया पुरुष दाजु भाई हुन्। संक्रमित तीन जना नै गाउपालिका– ६ जुडपानी स्थित रामशरण आधारभुत विद्यालयको क्वारेन्टिनमा रहेका छन् । संक्रमित तिनै जना भारतको मुम्बईबाट फर्केर आएका हुन् । संक्रमित र ४८ वर्षीय पुरुष यस अघि नै संक्रमति पुष्टि भएका ब्यक्ति संगै २ साताअघि मुम्बईबाट फर्केका थिए । ४५ जनाको स्वाब संकलन गरि पठाईएको रिपार्ट मध्ये तीन जना संक्रमति भेटिएको हो।
कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिकामा १२ जना , कपिलवस्तु नगरपालिकामा ९, कृष्णनगर नगरपालिकामा ८, वुद्धभुमी नगरपालिकामा ४, मायादेवी गाँउपालिकामा ८, शिवराज नगरपालिकामा ३ जना, वाणगंगा नगरपालिकामा १ र विजयनगर गाँउपालिकामा ४ जना,शुद्धोधन गाँउपालिकामा महराजगञ्ज नगरपालिकामा ९ जना कोरोना संक्रमण भएका छन ।