गृहपृष्ठ अन्तरास्ट्रिय खबर नेपालको नयाँ नक्‍सालाई भारतले गर्‍यो ठाडै अस्वीकार (विज्ञप्ति सहित)

नेपालको नयाँ नक्‍सालाई भारतले गर्‍यो ठाडै अस्वीकार (विज्ञप्ति सहित)

प्रकाशित मिति:

नेपालले जारी गरेको नयाँ राजनीतिक नक्सा भारतले अस्वीकार गरेको छ। बुधबार नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समामवेश गर्दै नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। नेपाल सरकारले सोमबार मन्त्रिपरिषबाट नयाँ नक्सा पारित गरेको थियो।

बुधबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्साबारे मुख खोलेको हो। ‘एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन्। यो सीमा समस्यालाई द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छु विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘नेपालले जारी गरेको परिमार्जित नक्सामा भारतीय भूमिको हिस्सा समावेश गरिएको छ। यो भौगोलिक दाबीको कृत्रिम विस्तारलाई भारतले स्वीकार गर्दैन। नेपाल यो विषयमा भारतको अडानबारे जानकार रहेको छ र यस्तो अनुचित दाबी नगर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ।ु त्यस्तै नेपालसँग कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित् समाचार