गृहपृष्ठ खबर राष्ट्रपति ट्रम्पद्धारा कोरोनाबाट मृत्यु भएकाको शोकमा आधा झण्डा झुकाउने निर्णय

राष्ट्रपति ट्रम्पद्धारा कोरोनाबाट मृत्यु भएकाको शोकमा आधा झण्डा झुकाउने निर्णय

प्रकाशित मिति:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका छन् । कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ९५ हजार नजिक पुगेसँगै ट्रम्पले यस्तो निर्णय गरेका हुन् ।

अमेरिकाको दुवै संसद् तथा अन्य नेताहरुले गरेको सिफारिसलाई बिहीबार ट्रम्पले स्वीकृति दिने निर्णय गरेका हुन् । सामाजिक सञ्जाल ट्विटमा ट्विट गर्दै तीन दिनको लागि राष्ट्रिय झण्डा आधा झुकाउन गइरहेको बताएका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण ९४ हजार ७०२ जनाको मृत्यु भइसकेको छ भने १५ लाख ७७ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । अमेरिका संक्रमित संख्याको हिसाबमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक हो ।

स्रोत :  अलजजीरा

सम्बन्धित् समाचार