पाकिस्तान अन्तर्राष्ट्रिय एयरलायन्स (पिआइए) को यात्रुवाहक विमान शुक्रबार दुर्घटनाग्रस्त भएको छ । लाहोरबाट कराँची गएको विमान अवतरणका क्रममा दुर्घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ । पाकिस्तानी अधिकारीका अनुसार जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलको रनवेनजिक दुर्घटना भएको हो । विमानमा ९० जना रहेको समाचारमा उल्लेख छ ।
विमानको ल्यान्डिङ गेयरमा समस्या आएर दुर्घटना भएको अनुमान गरिएको छ । घटनापछि सो क्षेत्रमा धुँवा देखिएको छ । पाकिस्तानमा कोरोना भाइरसका कारण गरिएको लकडाउन खोलेपछि हवाई उडान सुरु भएको थियो ।









