जिल्लामा कोरोना परिक्षण गर्ने पिसिआर किटको अभावलाई मध्यनजर गर्दै कपिलवस्तुका तिन साझेदारी वन व्यवस्थापन समितले १५ लाख बराबरको पिसिआर किट खरिद गर्ने भएका छन । किट अभाव भएका शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, बुद्धभुमी नगरपालिका र विजयनगर गाँउपालिकालाई किट हस्तान्तरण गर्ने कार्य अघि बढेको वनहरुले जनाएका छन् ।
जिल्लाको कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले रु १५ लाखको पिसिआर किट खारिद गर्ने निर्णय गरेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गा बहादुर कार्कीले जानकारी दिनुभयो । कपिलवस्तुको पालिकामा किट आभाव भएकोले किट खरिद गरी कपिलवस्तुका पाँच पालिकाहरुलाई हस्तान्तरण गरिने वन अधिकृत कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो “साझेदारी बन व्यवथापन समितिको सामाजिक विकास शिर्षकको रकमबाट किट खरिद प्रक्रीया आगाडी बढाएका छौ ।”
कपिलवस्तुको पश्चिम क्षेत्रमा रहेका कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष र सहयाक बन अधिकृतहरुको बैठकले किट खरिद गर्ने निर्णय गरेको हो ।
वैठकले कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका अध्यक्ष गंगेशनाथ तिवारीको अध्यक्षतामा किट खरिद तथा वितरण समिती गठन गरि खरिद प्रक्रिया अगाडी बढाएको छ । एक हप्ताभित्र किट खरिद गर्ने कार्य आजै देखी सुरु गरीएको अध्यक्ष गंगेशनाथ तिवारीले जानकारी दिनुभयो । जिल्लामा पिसिआर किट आभाव हुदा क्वारेन्टाइनमा चाप बढदै गएकोले किट खरिद प्रक्रिया अधि बढार्इएको अध्यक्ष तिवारीले बताउनु भयो ।
गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गा बहादुर कार्कीको अध्यक्षतामा बसको बैठकमा शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जगदम्बा प्रसाद चौधरी, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादव, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका अध्यक्ष गंगेशनाथ तिवारी रहनु भएको भएको थियो ।
उक्त बैठकमा सहायक वन अधिकृत एजाज अन्सारी, प्रेम शंकर गुप्ता, सन्जय मिश्राको समेत सहभागीता रहेको थियो ।









