गृहपृष्ठ विविध बुटवलका दाजुभाइले तयार पारे कोरोना संक्रमितको सेवा गर्न सक्ने “नर्स रोबोट” -भिडियो सहित

बुटवलका दाजुभाइले तयार पारे कोरोना संक्रमितको सेवा गर्न सक्ने “नर्स रोबोट” -भिडियो सहित

सेतो कपडा हातमा औषधि, स्यानिटाइजर, शरीरको बनोट कुनै नारीकोझैं भए पनि उनी कुनै महिला भने होइनन्।बुटवलका जुम्ल्याहा दाजुभाइले तयार पारेको यो नर्स मानव नभई एक रोबर्ट हो । जसको नाम राखिएको छ गो-कोरोना रोबर्ट ।

एक महिना लामो प्रयासमा लव र कुशले यो रोबर्ट तयार पारेका हुन्। रोबोटले आइसोलेसनमा कोरोना संक्रमण देखिएका बिरामीलाई आवश्यक खाना, औषधि, सेनिट्राइजर लगायतका वस्तु पुर्‍याउन सक्छ र रोबर्टले बिरामीसँग कुराकानी मनोरञ्ज प्रदान गर्ने र मानिसको आवाज सुन्ने र जवाफसमेत फर्काउन सक्नेछ।

इन्टरनेटविना नै सञ्चालन गर्न सकिने रोबोटलाई राउटरको माध्यमबाट १ किलोमिटरसम्मको दूरीमा नियन्त्रणमा गर्न सकिन्छ कुशले बताए ।

रोबोट निर्माणमा ७० हजार रुपैयाँ खर्च भएको बताइएको छ । बुटवलको तिलोत्तमा कलेजमा कक्षा ११ मा पढ्ने यी दाजुभाइले
डेढ वर्षअघि ‘गो-गो रोबर्ट’ र एक महिना अगाडि सेनिट्राइजर सेन्सर टनेल’ बनाएका बुटवलका जुम्ल्याहा दाजुभाइ लव-कुश पन्थीले अहिले नर्स रोबोट बनाएका छन् ।

सम्बन्धित् समाचार