गृहपृष्ठ बिचार कोरोनाको कहर र कपिलवस्तु -वैखरी

कोरोनाको कहर र कपिलवस्तु -वैखरी

अहिले कोरोनाभाइरस (COVID19) को महामारी बाट विश्व गुज्रिएको छ । हाम्रा सबै नियमित सामाजिक ,आर्थिक गतिविधि ,अत्यावश्यक बाहेकका सबै काम  ठप्प छ्न । यस महाविपती बाट जोगिन नेपाल सरकार ले गत चैत्र महिना को दोस्रो हप्ता देखि लकडाउन लगाएको छ हाल हामी लकडाउन को ६०औ दिनमा छौं ।

लकडाइन को सुरुवाती दिनहरूमा जब महामारी ले विश्व आंतकित थियो , हाम्रो मनमा डर रहे पनि नेपालमा खासै संक्रमित नदेखिएकोले , एक किसिम ले  भयवित थिएनौ । तर पछिल्लो समय केही हप्ता यता , भारतमा रोजगार का लागि जानेहरु लुकिछिपी सिमाना बाट नेपाल प्रबेश गर्ने क्रम रहेको एंव परिक्षणको दायरा पनि केही फराकिलो बनाइएको हुनाले संक्रमितहरुको संख्या बडेर करिब ६ सय को आसपासमा पुगेको छ ।हाल कोरोना भाइरस को संक्रमण सातै प्रदेश का करिब ४० जिल्लामा फैलिएको छ ।

अब कुरा गरौ कपिलवस्तुको ,कपिलवस्तुमा गत बैशाख २५ गते सिमा बाट लुकिछिपी प्रबेश गरेका मायादेवी गा.पा का दुई जनामा संक्रमण पुष्टि भयो ,जस लगत्तै राहतमा केन्द्रित स्थानीय तह , विभिन्न संघ सस्थामा अब के गर्ने , के नगर्ने भन्ने खालको अन्योलता देखियो भने लकडाउन ले अत्यास भैरहेका जिल्लावासीमा मानसिक रुपमै डर पैदा भयो किन कि यो जिल्ला मै संक्रमणको पहिलो केस थियो l

त्यसैगरि बैशाख २७ गते ३ जनामा, बैशाख २९ मा १० जना लाई संक्रमण पुष्टि भयो जसबाट संमग्र जिल्ला मै भयवित अवस्थाको सिर्जना भयो , तेति बेला एकैचोटि १० जना मा संक्रमण पुष्टि हुनु ठूलो संख्या थियो । लगत्तै जिल्ला प्रशासन कार्यलयले संकमण फैलिन बाट रोक्न बैशाख २९ देखि जेठ ५ गते सम्म पुरा जिल्ला लाई नै सिल गर्यो , जुन अहिले बढेर जेठ २० सम्म पुर्याइएको छ ।

भारतिय सिमा संग जोडिएको जिल्ला हुनाले सिमाना बाट आउने क्रम रोकिएको छैन , कुनै कुनै स्थानीय तहले भने आफ्ना स्थानीय तहका बासिन्दा लाई उद्वार गरेर , क्वारेन्टाइनमा राखिरहेका छ्न ।
सिमामा अडकिएको ठूलो समूह लाई ल्याउन संघीय राज्य ले नै कुनै ठोस निर्णय नगरेकाले , भोलि हुन सक्ने सम्भावित दुर्घटनाले जिल्ला  आक्रान्त बनेको छ । यो हाम्रो जिल्ला मात्र नभै राज्यकै समस्या को विषय बनेको छ , हामी सिमा जोडिएको जिल्लावासी हुनाले अलिक बढी त्रसित हुनु स्वाभाविक हो ।

जिल्लामा लुकिछिपी आउने क्रम जारी रहनु ,अव्यवस्थित क्वारेन्टाइन , सामाजिक दुरि कायम राख्न नसक्दा भाइरस समुदाय मै फैलिएको अनुमान लगाउन सकिन्छ , जसका कारण जिल्लामा स्वास्थ्यकर्मी , सुरक्षाकर्मी ,संचारकर्मी , एंव जनप्रतिनिधि पनि संक्रमित भएका छ्न । हाल जिल्लामा  क्वारेन्टाइनमा बस्ने हरु को संख्या दिनानुदिन बडदो रहेको समाचार आइरहेको छ । यद्यपि आज विभिन्न मिडियामा प्रकासित समाचार अनुसार जिल्ला मा ३४ सय जनामा  गरिएको RDT टेस्ट मा २ सय ५८ जना को एन्टिबडी पोजेटिभ देखिएको कुरा उल्लेख छ , जसले हामी लाई थप चनाखो बनाएको छ यसले संक्रमित को संख्या निश्चितरूपमा बडने देखिन्छ , यद्यपि RDT र PCR को परिक्षण नतिजा उस्तै आउछ भन्ने चाहिँ होइन ।

यस महामारी को अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी , सञ्चारकर्मी एंव जनप्रतिनिधि मा पनि संक्रमण पुष्टि भए संगै , समुदायमा थप डर र भय को अवस्था सिर्जना भएको छ , किन कि उनीहरु सधै समुदायको सम्पर्क मा रहिरहने प्रतिनिधिहरु हुन ।त्यसैले यो भय र त्रास बाट समुदाय लाई छिटो मुक्ति दिलाउन उनीहरुको को ट्राभल हिस्ट्री खोज्दै समुदायमै गएर परिक्षण गर्नु पर्ने देखिएको छ , किन कि यो भयको अवस्था ले कोरोना संक्रमण त होला नहोला तर अन्य मानसिक एंव समाजिक समस्या को सिर्जना हुने मा दुई मत छैन ।

अत : तिनै तहका सरकारको समन्वयमा सिमानामा अलपत्रहरु को उद्वारमा समन्वय , जिल्लाका क्वारेन्टाइनको व्यवस्थापन ,व्यापक परिक्षण , प्रयाप्त आइसोलेशनको व्यवस्था ,गरि जिल्ला मा हुन सक्ने थप जोखिम लाई रोक्न सकिन्छ , जस्ले हामि जिल्लावासीको त्रास लाई कम गर्न मद्दत गर्ने छ ।

सन्तोष रेग्मी
बाणगंगा -११ कपिलवस्तु

सम्बन्धित् समाचार