गृहपृष्ठ अन्तरास्ट्रिय खबर चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नै नियन्त्रणमा लिएको खुलासा

चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नै नियन्त्रणमा लिएको खुलासा

 

फाईल फोटो
फाईल फोटो

सबैजसो छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको भारतले पछिल्लो समय चीनबाट कडा चुनौती सामना गर्नु परिरहेको छ । भारत–चीन सीमा क्षेत्रमा केही दिन यता तनाव बढ्दै गएको हो ।

समाचार एजेन्सीहरूका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको छ ।

गत बुधबार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियारसमेत खोसेको समाचार हालै प्रकाशमा आएको हो । केही भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’ (आइटिबीपी )को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

समाचारमा दावी गरिए अनुसार आइटिबिपीको गस्ती टोलीलाई चिनियाँ सेनाले ‘लाइन अफ एक्च्यूअल कन्ट्रोल’ (एलएसी) बाट नियन्त्रणमा लिएको हो । चिनियाँ सेनाले भारतीय घुसपैठ बढ्न थालेपछि पछिल्ला दिनमा एलएसीमा आफ्नो उपस्थिति बढाएको छ । सोही क्रममा भारतीय सैनिक टोलीलाई हतियारसहित नियन्त्रणमा लिएको समाचार प्रकाशमा आएको हो ।

सम्बन्धित् समाचार