गृहपृष्ठ खबर सर्वसम्मत संविधान संशोधनका पक्षमा कांग्रेस

सर्वसम्मत संविधान संशोधनका पक्षमा कांग्रेस

काठमाडौं : संविधानमा निशान छापभित्र रहेको नेपालको नक्सा परिमार्जन गर्न सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव सर्वसम्मतले पारित गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ। सरकारले हालै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो।

शीर्ष दलका नेतासहित आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले नयाँ नक्सासम्बन्धी संविधान संशोधनको प्रस्तावलाई सर्वसम्मतरूपमा पारित गर्नुपर्ने निष्कर्श निकालेको हो। तर, संविधान संशोधनजस्तो महत्वपूर्ण विषय भएकाले औपचारिक रूपमा पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गर्ने कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय समिति बैठक केही दिनमै बस्ने जनाइएको छ।

सम्बन्धित् समाचार