कोरोना भाइरस सङ्क्रमणको डरले मानिसका व्यवहारहरु बदलिएका छन् । डेढ महिनादेखि घरभित्रै बस्नुपरेको छ । घरबाट बाहिर निस्कँदा अर्को मान्छे देख्नसाथ छेउ लाग्ने बानी परेको छ । घरमा केही सामान सकियो भन्ने किन्न जाँदा पसलमा, किनिएका सामानमा वा पैसामा बसेर भाइरस आउँछ कि भन्ने डर धेरैमा हुन्छ ।
यही डरका कारण हिँडडुल, किनमेल तथा अरु काममा मानिसका व्यवहार बदलिएका हुन् । कसैले बुझेरै सावधानी अपनाइरहेका छन् भने कतिपयले अन्योलकाबीच अनावश्यक व्यवहार पनि देखाएको पाइन्छ ।
कोरोना भाइरस नयाँ भएकोले यसको बारेमा धेरै कुरा थाहा पाउनै बाँकी छ । केरके बाट सर्छ, भाइरस कहाँरकहाँ बस्छ, कस्ता मान्छेलाई छिटो सङ्क्रमण गर्छजस्ता प्रश्नहरुको सही जवाफ पत्ता लागिसकेको छैन ।
अध्ययनरअनुसन्धानहरु भइरहेका छन् । अहिलेसम्म गरिएको अनुसन्धान तथा भएका तथ्याङ्कले जे देखाउँछ, त्यसैको आधारमा आफ्नो व्यवहार बदल्नुपर्ने विज्ञहरु बताउँछन् ।
खोप वा उपचारको औषधि पत्ता लागिनसकेको अवस्थामा अहिले बच्ने एउटै उपाय आफ्नो शरीरमा भाइरस पस्न नदिनु भएको डाक्टरहरुले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले बारम्बार साबुनपा २० सेकेण्डसम्म मिचीमिची हात धुन र व्यक्तिगत दुरी कायम गर्न भनेको छ । यीबाहेक हाम्रा दैनिक जीवनका व्यवहारहरुमा पनि सचेत हुनुपर्छ ।









