प्रदेश ५ र आसपासका जिल्लामा दुई दिन यता यहाँका दलित समुदायका एक युवा र एक किशोरीले चरम जातीय विभेदको ज्यादती खेप्दै अकालमा ज्यान गुमाउनु परेको छ । प्रदेश ५ को रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा दलित समुदायका एक युवा र एक किशोरीले अन्तरजातीय प्रेम सम्बन्धका कारण जातीय विभेदको ज्यादतीको शिकार हुनुपरेको हो ।
रुपन्देहीको देवदह नगरपालिका वडा ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरी अङ्कारा पासीले बेहुली बनेकै दिन जातीय विभेदको ज्यादती कै कारण झुन्डिएको अवस्थामा मृत भेटिइन भने उता कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले पनि जातीय विभेद र अन्तरजातीय प्रेम सम्वन्ध कै कारण भेरी नदीमा मृत फेला पर्नु परेको हो ।
देव दहकी अङ्घिरा पासीले स्थानीय २२ बर्षीय बिरेन्द्र भर संग प्रेम सम्वन्ध राखेको र जेठ ९ गते उनीहरुलाई स्थानीयले संगै फेला पारेका थिए । त्यस पछि त्यस वडाका वडाध्यक्ष अमर बहादुर चौधरी लगायतका समाज सेवीले ति किशोरीलाई प्रेमी भर कै जिम्मा लगाएर घर पठाएका थिए ।
घरमा भित्रिए पछि भरकी आमाले लुछ्ने कुट्ने कपडा च्याति दिने गरेको बताइन्छ । अन्ततः शनिवार सोही वडाको रोहिणी खोलाको रुखमा ती किशोरी झुन्डिएर मृत फेला परेको देवदह ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिए ।
छोरीको हत्या गरि सुनियोजित रुपमा रुखमा लगेर झुण्ड्याइएको दावी ती किशोरीका बाबु वलिराम पासीले गर्दै आएका छन् । यस घटना त्यस वडाका वडाध्यक्ष चौधरी कै कमजोरीका कारण घटेको दलित अधिकारकर्मीहरूको आरोप छ ।
जो बेहुला बनेर गए, लास बनेर आए
गत शनिवार साँझ प्रेमीकालाई बेहुली बनाएर घर भित्र्याउने सपना साँचेर जाजरकोटबाट रुकुम पश्चिमा हिडेँका नवराज बिकको त्यो सपना माया प्रेमका दुश्मनहरुले चकनाचुर पारिदिए । आज उनी लास बनेर अस्पतालको शवगृहमा छन् । उनीसँग जन्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आईतबार साँझ भेरी नदि मै मृत फेला परेका छन् ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका २१ वर्षीय विकले रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की १७ वर्षीया अञ्जली मल्ल ९नाम परिवर्तन ० सँग प्रेम सम्वन्ध थियो ।
उनकी प्रेमीकाले घरदेखि तलको लिन आउनु भनेपछि आफुहरु नवराजले आफुहरुलाई बोलाएर लिन गएको र गाउँलेहरुको आक्रमणबाट भागेर बाँच्न सफल महेश कार्कीले बताए ।
अहिले चौरजहारी ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १२ जना मध्येका कार्कीले भने, “नवराज उमेरमा मेरो दाजु पर्छन । उहाँ र ठकुरी थरकी केटीसँग प्रेम सम्वनध छ भन्ने कुरा अलिअली मलाई पनि थाह थियो । शनिवार साँझ त्यही केटी लिन जाँदैछौं आउनु प¥यो भनेर बोलाएपछि हाम्रो टोलबाट ६ जना गयौं । त्यहाँ पुग्दा अरु १० जना जम्मा भइसकेका रहेछन् । त्यसपछि अरु तीन जना थपिए १९ जना भएर गयौं । सबैलाई दाई ९ नवराज ० ले बेहुली लिन जानु प¥यो भन्दै हुनुहुन्थ्यो ।”
केटीको घरमा नपुग्दैमाथि घरबाट आफूहरुमाथि ढुृङ्घामुढा भएको सुनाए ।
ुमैले ती युवतीको घर देखेको थिएन । उनलाई चिनेको भने थिएँ । उनको घरदेखि तलबाट बाटोमा पुग्न साथ माथी घरबाट एक्कासी एउटी महिला चिच्चाएको आवाज आयो । साला फेरी आए डुमहरु।।।फेरी आयो।।। तिमीहरुलाई आज मारेरै छाड्नु पर्छ भन्दै चिच्याएपछि अरु दुई तिन जना मानिसहरु देखिए,”उनले भने, “उनीहरुले माथी घरबाट ढुृङ्घामुढा गर्न थाले पछि हामी भाग्यौँ । रात परिसकेको थियो । त्यस क्रममा पछाडि फर्केर हेर्दा गाउँ नै उल्टिएर आएको देख्यौँ । दायाँ बायाँ लुक्ने भाग्ने ठाउँ थिएन । भेरी नदीतिर भाग्यौँ । १९ जना मध्ये भेरी नदीमा हाम्फाल्ने ११ जना थियौं । ५ जना नदि तर्न सफल भयौं ।
कार्कीका अनुसार नदीमा हाम फालेका ६ जना बेपत्ता मध्ये दुई जनाको मृत्यु भइसकेको थियो । केही साथीहरुलाई गाउँलेहरुले कुटेर प्रहरीमा बुझाए । नदीमा हाम्फाल्दसम्म माथिबाट ढुङ्घा बर्साउँदै थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले आफू ती किशोरी र बाबु आमालाई नियन्त्रणमा लिई बयान लिइरहेको उनले बताए ।
उनीहरु बीच प्रेम सम्बन्ध रहेको पाइएको र घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार यो समाचार तयार पार्ने बेला सम्म बेपत्ता ५ जना अझै फेला परेका छैनन ।








