गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा रहेका आफ्ना नागरिक फर्काउँदै चीन

भारतमा रहेका आफ्ना नागरिक फर्काउँदै चीन

प्रकाशित मिति:

चीनले भारतमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै आफ्ना नागरिकलाई देश फर्काउने घोषणा गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ दिल्ली स्थित चिनियाँ राजदूतावासले यस्तो घोषणा गरेको हो।

दूतावासको वेबसाइटमा प्रकाशित एक सूचननाका अनुसार कोरोनाका कारण भारतमै अड्किएका पर्यटक र व्यावसायीलाई विशेष उडानमार्फत देश फर्काउन लागेको जनाइएको छ।भारतमा कति चिनियाँहरू अध्ययन गरिरहेका, बसिरहेका वा काम गरिरहेका छन् भन्ने कुनै पनि तथ्यांक तत्काल उपलब्ध छैन।

बेइजिङले देश फर्किन चाहने नागरिकहरूलाई मे २७ को बिहानसम्म दूतावासमा सम्पर्क गर्न भनेको छयसमा योगा अभ्यास सिक्न र बौद्ध तीर्थ यात्रामा आएका नागरिकहरूलाई समेत समावेश छन्।

दूतावासले कहिले र कहाँबाट उनीहरूलाई विशेष उडानमार्फत देश फर्काउने छ भन्ने बारेमा कुनै जानकारी दिएको छैन।चीनको यो सूचना भारत र चीनको सीमाक्षेत्रमा दुब पक्षबिच चर्किरहेको विवादका समयमा आएको छ।

भारतले पनि चीनको वुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि आफ्ना ७ सय नागरिकलाई त्यहाँबाट विशेष उडानमार्फत उद्धार गरेको थियो।

दूतावासले जारी गरेको सूचनामा देश फर्कन चाहनेले आफ्नो टिकटको आर्थिक व्यवस्थापन स्वयंले गर्नुपर्ने जनाएको छ।यसैगरी देश फर्किएपछि १४ दिन क्वारेन्टिनको व्यवस्थाको खर्च पनि आफैले गर्नुपर्ने उसको भनाइ छ।

सम्बन्धित् समाचार