गृहपृष्ठ खबर कपिलवस्तुको विजयनगरमा आगलागीबाट ९ घरसहित २ गोठ जलेर नष्ट, २० लाख बराबरको क्षति

कपिलवस्तुको विजयनगरमा आगलागीबाट ९ घरसहित २ गोठ जलेर नष्ट, २० लाख बराबरको क्षति

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. ७ मानपुरमा करिब दिउँसो साढे १ बजेतिर आगलागी भएको हो । स्थानीय रमेश यादवको गोठबाट आगलागी सुरु भएको थियो ।

आगलागीबाट लत्ता कपडा, खाद्यान्न, भाँडाकुडा नगद र गरगहनासहित अन्दाजी २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल जानकारी दिएका छन् ।

आगलागीबाट पशु चौपाया र मानवीय क्षति भने नभएको नेपालले बताए ।  आगो कसरी लाग्यो भन्ने ठोस कारण भने खल्न सकेको छैन् । आगो स्थानीय, प्रहरी र दमकलको सहायताबाट नियन्त्रणमा आएकोे छ ।

सम्बन्धित् समाचार