गृहपृष्ठ अर्थ/वाणिज्य सामाजिक सुरक्षा भत्तालाई निरन्तरता

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता

प्रकाशित मिति:

काठमाडौ । सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा सामाजिक सुरक्षाका क्षेत्रमा दिइँदै आएको उक्त भत्तालाई निरन्तरता दिएको बताएका हुन् । त्यसका लागि सरकारले यो बर्ष
६७ अर्व ५० करोड रकम छुट्याएको छ ।

त्यस्तै ७० वर्षमा माथिका बृद्धहरुलाई १ लाख निःशुल्क बीमा यो बर्ष थप गर्दै ६ लाखलाई समेट्ने योजना पनि सरकारले ल्याएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड

सरकारले देशभित्र रोजगारीको अवसर बढाउनेगरी बजेट बनाएको छ । विपन्न परिवारलक्षित खाद्यान्न कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा बताएका छन् ।
बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरिएको छ । यसको लागि ११ अर्ब  ६० करोड छुट्याइएको छ ।
कोरोनाका कारण रोजगारी गर्न नसक्ने अवस्थामा सिप रुपान्तरण गरी सीप विकास कार्यक्रम संघ प्रदेशमा सञ्चालन गरिने उनले बताए । सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरिएको छ ।

प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड  अनुदान

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश र स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् । यसअनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानिकरण अनुदान प्राप्त गर्ने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा यो रकम उपलब्ध गराइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यो रकम तल्लो सरकारले आफ्नो बजेटमा समावेश गरी जुनसुकै कार्यक्रममा समेत खर्च गर्न सक्छन् । अर्थमन्त्रीका अनुसार आगामी आवमा सशर्त अनुदानतर्फ भने प्रदेशले ३६ अर्ब ३५ अर्ब र स्थानीय तहले १ खर्ब ६१ अर्ब ८ करोड पाउने छन् । यो रकम भने केन्द्रबाट संचालित कार्यक्रम, कर्मचारीको तलव तथा तोकिएको आयोजना÷कार्यक्रममा मात्र खर्च हुन्छ ।

 

 

सम्बन्धित् समाचार