गृहपृष्ठ अर्थ/वाणिज्य सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन हुने

सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन हुने

प्रकाशित मिति:

काठमाडौं : सरकारले सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ। बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।  ‘राज्यको सुरक्षामा खतिएका सुरक्षाकर्मीले लगाउन पोषक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने’, अर्थमन्त्री खतिवडाले भने।

सँगै मन्त्री खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रण भए लगत्तै आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी सहज सञ्चालमा ल्याइने  छ। स्वदेशी उद्योगलाई कर प्रणालीमा प्रोत्साहन गरिने उनको भनाइ छ।
एक प्रेदश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने छ। त्यसका लागि  सरकारले एक अर्ब २६ करोड रकम विनियोजन  गरेको छ।

राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई देश दर्शनमा पठाइने

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन उद्योगको रक्षा गर्न देश दर्शन कार्यक्रम सन्चालन गर्ने भएको छ ।निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार कोरोना जोखिम सकिएलगत्तै देशदर्शन कार्यक्रम सन्चालन गरिने भएको छ । हवाई सेवा, होटेल, होटेल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध शुल्क र ब्याजमा अनुदान दिने घोषणा समेत अर्थमन्त्रीले गरेका छन् ।रारा तालको गुरुयोजना बनाउने तथा पर्यटकीय पूर्वाधार निर्माणलाई निरन्तरता दिने उनले उल्लेख गरे ।

सम्बन्धित् समाचार