एजेन्सी । भारतसहित समग्र दक्षिण एशियामा कोरोनाका नयाँ संक्रमितको संख्या तिव्र रुपमा बढेको छ । सक्रिय संक्रमणमा फ्रान्सलाई उछिनेर भारत विश्वकै चौथो स्थानमा आइपुगेको छ । यहाँ ९२ हजार २ सय ४४ जनामा सक्रिय संक्रमण छ । सक्रिय संक्रमित, निको भएका र मृतकको संख्या समेत जोड्दा भारतको कूल संक्रमित संख्या १ लाख ८६ हजार ३ सय २१ हुन्छ । यसमध्ये ८८ हजार ८ सय ८ जना निको भएका छन् भने ५ हजार २ सय ६९ जनाको मृत्यु भइसकेको छ ।
यी देश शीर्ष तीनमा
पछिल्लो आँकडाअनुसार सबैभन्दा धेरै बिरामी अमेरिकामा छन् । यहाँ ११ लाख ७८ हजार ७ सय ७९ जना सक्रिय संक्रमित अर्थात् बिरामी अवस्थामा छन् । कूल १८ लाख १९ हजार ७ सय ९२ मा कोरोना देखिएकोमा ५ लाख ९२ हजार २ सय ४४ जना उपचारपछि ठिक भएका छन् भने १ लाख ५ हजार ६ सय ३४ को मृत्यु भएको छ ।








