गृहपृष्ठ खबर लकडाउन कायम रहेपनि निजि सवारी चल्न दिने सरकारको तयारी

लकडाउन कायम रहेपनि निजि सवारी चल्न दिने सरकारको तयारी

प्रकाशित मिति:

जेठ ३२ गतेसम्म लकडाउन जारी रहेपनि सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवातजावत गर्न दिने तयारी गरेको छ ।

उच्च राजनैतिक स्रोतका अनुसार अब निजि सवारी साधन चल्न दिइने छ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउनेछन् । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । तर, आवतजावत कोरोना भाइरसको संक्रमण कम फैलिएका र जोखिम कम भएका क्षेत्रलाई मात्र दिइनेछ ।

मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइनेछ । हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक पाइने छैन ।

 

सम्बन्धित् समाचार