गृहपृष्ठ कला/साहित्य लकडाउन बहिस्कार गरौं : किनकी..- उपेन्द्र अधिकारी

लकडाउन बहिस्कार गरौं : किनकी..- उपेन्द्र अधिकारी

प्रकाशित मिति:

डराउनै पर्ने नै छैन
सारा संसार कोरोना भाइरसको डरले थुरथुर छ । यसले ३० मई २०२० सम्ममा उनान्साठी लाख पच्चीसहजार मानिस संक्रमीत गराएको छ भने, यीनीहरु मध्ये पच्चीस लाख त्रियानब्बे हजार भन्दा बढी मानिस निको भएका पनि छन् अर्को पट्टीमात्र तीनलाख बैसठी हजार जति मानिस को ज्यान गएको कुरा बताइँदै छ । जसमध्ये अधिकांश मर्नेहरुमा कोरोना बाहेक अन्य भयवह रोग पनि पहिले बाटै थियो । आखिर हो के यो कोरोना ?कोभिड १९ वा अन्य केहि।साँच्चै डराउनु पर्ने हो ? वा सम्पूर्ण मानव जगतलाई जवरजस्ती डराउन बाध्य गराईएको छ ?
यसको कुनै औषधि छैन भने किन अस्पताल लग्ने ? वा किन उपचार पस्चात सन्चो भए भनेर आफ्नो वाहवाही लुट्ने ? यसको उपचार भनेको मनोवल बढाउने अनि पुर्बीय संस्कृती अपनाउदै पर्याप्त मात्रामा अम्लीय पदार्थ भएका फलफूल खाने हो ।

कोरोना नामाकरण मै छ छलकपट
बैज्ञानिकले यसको नाम SARS-COV-2 हो भनेर राखिदिए, त पक्का पनि यो कुनै भाइरसको दोस्रो सिरीज होला । फिलिमहरुको नाम नाइ नभन्नु ल १, नाइ नभन्नु ल २, जस्तै । हो यसको पहिलो सिरीज थियो,SARS-CoV-1जून २००२ देखि ०४ सम्म रिलिज भएको थियो । त्यस समयमा पनि यसको निकै ठूलो त्रास फैलाईएको थियो । तर यो भाईरस २९ देशमा पुग्दा पुग्दै करिब ८ हजार जनामा फैलेको अनि मात्र ७७४ जनाको मृत्यु देखाउन सफल भएको थियो । पछि २००४ बाट त यसको नाम पनि हराइसकेको थियो । तर त्यतिबेला आजको जसरी त्रास फैलाएर लकडाउनको अवस्थामा पुराउन चाँहि सकिएको थिएन । अव SARS के होला ?SARS को अर्थ Severe Acute Respiratory Syndrome हो । यसको सजिलै बुझ्ने गरि नेपाली अनुबाद स्वासको त्यस्तो बिमारी जून गम्भिर छ र अति तिब्र गतिमा फैलिन सक्छ हो ।
अहिले जो नयाँ बिमारी फैलिरहेको छ त्यो २००२ मा फैलेको SARS जस्तै नै हो र त्यसलाई पनि फैलाउन कोरोना नै भनिएको थियो त्यसैले कोरोना भाइरसको नाममा १ जोडेर यसको नाम SARS-CoV-1 र नयाँ भाइरसको नाम SARS-CoV-2 बनाईदिइयो ।

यो नाम औषधिमा काम गर्ने मानिसहरु र बैज्ञानिकहरुका लागि मात्र हो । किन कि पुरानो भाइरसको जानकारीहरुलाई यस नयाँ भाइरस संग जोडेर राख्दा अनुसन्धान कर्ताहरुलाई सजिलो हुन्छ । यी दुबै भाइरसहरुको ७० प्रतिशत भन्दा बढी लक्षणमा समानता पनि बताईएको छ । बैज्ञानिकहरुका अनुसार यी दुबैमा समानता भएता पनि यो नाम प्रचलनमा ल्याईएन किन ? किन यसको नाम COVID-19 राखियो ? यसको कारण के हो ?
नाम परिवर्तनको कारण के हो भने बिश्व स्वास्थ्य संगठनले यो चाहन्न COVID-19 – 2 त्यहि २००२ मा आएको SARS-CoV-1भाइरस कै अर्को सामान्य रुप हो जसलाईCOVID-19नाम दिइयो ।किन कि मानिसलाई SARS-CoV-1 को प्रभाव सामान्य थियो भन्ने सम्झना समेत न आओस । यसलाई बिल्कुलै नौलो अनि डरलाग्दो रुपमा फैलाउन सकियोस । त्यसैले यसको नाम COVID-19   राखियो । हरेक बिज्ञापन अनि मिडियाहरुमा यहि COVID-19  नै देखाइयो । जबकि यसको अफिसियल नाम SARS-CoV-2 हो ।

जसको नामाकरण मै यत्रो धाधली अनि भ्रम फैलाइयो भने यसको कुरा मानेर पछि लाग्नु वा कुरै नसुन्नु उचित होला ?
यो प्रकरण अहिले मात्र होइन बिगतका बर्षहरुमा समेत कैयौं पल्ट गरिएको छ । १९६५ को २२९ई, १९८४ को एचआईभी एड्स, २००४ को यनयल ६३, २००५ को यचकेयु १, डेंगु, स्वाइन फ्लू, अहिले को नोवल कोरोना यसरी बिभिन्न समयमा बिभिन्न नामले अनेकन भाइरसहरु आए अनि गए पनि अनि भबिष्यमा पनि आउने छन् आफ्ना बिभिन्न रुप परिवर्तन गरेर अनि जानेछन् पनि ।
बिगतका हतकण्डाले काम नगरेपछि यसपालि बडो चनाखो रुपले डर फैलाउने काम गरियो । भने पुरानै चीज जो संग हामी लडेर जितीसकेका थियौ भने किन फेरी हार्ने डरले थुनिने ?

किन कोरोनालाई भयावह देखाइयो ?
कोभिड–१९ र माथि भनिएका सबै भाइरस बीच समानता
१९८४ मा भयावह रुपमा फैलाईएको एचआईभीएड्स तथा स्वाइन फ्लूहरु कै योजनामा कोभिड–१९ लाई फिट गरेर संसारबाट तिरस्कृत भइरहेको आधुनिक औषधविज्ञानले आफ्नो छविलाई पुनः स्थापित गराउन खोजिएको छ । जसरी मानव जीवनकोअन्त सम्म एचआईभीएड्सका लागि चाहिने आधुनिक औषधि र उपकरणको जस्तै दास बनाई अर्को शताब्दीसम्मका लागि कोभिड–१९ को नाममा मानवजीवनको स्वास्थ्यमा खेलवाड सुरू भएको छ । यो प्रमाणित भईसकेको छ कि, एड्सका लागि प्रयोग गरिने औषधि, भ्याक्सिन अनि डरत्रास र अमानवीय व्यवहारका कारणले मात्र एड्सका बिरामीको मृत्यु हुने गर्दछ तर पनि औषधि, उपकरणको बिक्री–वितरण यथावत नै छ ।

यो केवल मेडिकल माफियाको चालबाजी हो ।
१०–११ वर्षअगाडि पनि स्वाइन फ्लूको नाममा यस्तै आतङ्क मच्चाउने प्रयास भएको थियो । जसको प्रमुख कारण डायग्नोस्टिक किट भएकाले यसलाई हटाउनुपर्छ भन्ने कुरामा जोड बेलायतले दिएको थियो भने १०–१५ वर्षअगाडि युरोपको संस्था PACE (Parliamentary Assembly Council Of Europe) ले विश्व स्वास्थ्य संगठनलाई ठूलो लुटेराको आरोप लगाई कडा रूपमा विरोधमा उत्रिएको थियो ।
भने फेरी यो लुटेराको कुरामा आएर आफ्नो आर्थिक अवस्था किन डामाडोल गर्ने ?
बुरुण्डी र तान्जानियाले हालसालै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) भनेको सबैभन्दा ठूलो जालसाजी गर्ने संस्था हो भन्दै गम्भीर आरोप लगाएका छन् । डायग्नोस्टिक किटका बारेमा समस्याको प्रमुख कारण भनेको नै यो किट भएको भन्दै तान्जानिया व्यापक विरोधमा उत्रिएको छ भने बुरुण्डीका राष्ट्रपतिले त डब्लूएचओका प्रतिनिधिहरूलाई देशबाटै लखेटेका छन् ।

वर्तमानमा, कोभिड–१९ का कारण मृत्यु भएका मानिसका विषयमा रातदिन चर्चा भइरहदाँ यस बिषयमा पनि ध्यान दिन जरुरी छ कि यो बाहेक अन्य के के रोग का कारण संसारका मानिसहरुको मृत्यु हुने गर्दछ ?अन्य मेडिकल जर्नलहरुका विवरणअनुसार सबैभन्दा कम घातक र मृत्युदर कम रहेको भाइरस भनेर कोभिड–१९ लाई लिइएको छ त के कति कारणले सबैभन्दा खतरनाक भयो ? विवेक प्रयोग गरौँ ।

के संसारमा कोरोना आउनु भन्दा पहिला मानिसको मृत्यु भएकै थिएन ?बिभिन्न समाचार माध्यमहरु बाट आएकै छन् सरुवा रोग,नसर्ने रोग, तथा बिभिन्न सरुवा रोगहरुको सर्ने दर अनि मृत्यु दर यसरी हेर्दा कोभिड १९ को सर्ने दर ०.१ प्रतिशत भनिएको छ । कोरोनाको हालको तथ्यांक यस्तो छ ः
यहि महिनाको ३ वटा छुट्टा छुट्टै दिनमई १४, २२ र २९ को डाटा अनुसार संसारको कोरोनाको संक्रमण तथा मृत्युदरलाई हेर्ने हो भने ।

लकडाउन नगरिएका देशको संक्रमण दर मृत्यु दर दुबै एकनास अनि सबै भन्दा कम छ, लकडाउन गरिएका देश, समग्र संसार को पनि उस्तै छ भने नेपालको मात्र सबै भन्दा कम छ । तर दर सधै उस्तै नै छ ।
भ्रमको खेती ः
मास्क, क्वारेन्टाइन, स्यानिटाइजर, भ्याक्सिन, डायग्नोस्टिक किट र प्रोटेक्टिभ ड्रेसको प्रयोग एवं कोराना रोकथामको अर्को भ्रम हो । मास्क लगाउँदा शरीरलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा प्राणशक्ति अक्सिजन शरीरमा जानबाट रोकिने हुँदा अक्सिजनको कमी भई मानिसहरूलाई धेरै ठूलो नोक्सानी हुन्छ ।स्यानिटाइजरले हाम्रो शरीरमा भएको रोग तथा भाइरस मार्ने डेण्ड्रिक सेललाई मारेर भाइरसलाई आक्रमण गर्न सजिलो बनाउँदै लग्छ ।

मानब अधिकारको हनन्

बिरामीको आफ्नो मानव अधिकार हो कि उ उपचार गराउँन चाहन्छ वा चाहन्न । कुन अस्पतालमा कुन डाक्टर संग उसले उपचार गराउन चाहन्छ । तर अहिलेको समयमा कोरोनाको नाममा मानिसलाई क्वारेन्टाइनमा जबरजस्ती राख्ने, जबर्जस्ती मानसिक रूपले बिरामी बनाउन खोजिएको छ । शरीरलाई ऊर्जा प्रदान गरेर बलियो बनाउने चिज सूर्यको प्रकाश र शुद्ध हावाबाट वञ्चित गराउँदै भित्रभित्रै मानसिक रूपबाट गलाउँदै मृत्युको मुखतिर धकेल्ने काम क्वारेन्टाइनले गर्दछ ।पर्सनल प्रोटेक्टिभ ड्रेस, मास्क र पञ्जा लगाएको भयानक दृश्यले मानिसहरूलाई त्रसित गराउनेबाहेक अरू केही काम गर्दैन, बरु उल्टै त्यो ड्रेस लगाउने मानिसलाई धेरै नोक्सान गर्दछ ।
चारैतिरबाट मानिसलाई मृत्युको मुखतिर धकेल्ने कुरा प्रमाणित भइसक्दा पनि भ्याक्सिनलगायत औषधि, उपकरणको प्रयोग र व्यापार अनवरत रूपमा चलिरहेको छ । यो केवलपैसा कमाउने धन्दा मात्र रहेछ भन्ने चाल पाउदा पनि किन रोकिन सकेको छैन ?मानिसको पैसा त गयो गयो, तड्पिई तड्पिई ज्यान पनि गइरहेको छ । यसरी औषधि, भ्याक्सिन र उपकरणको प्रयोगले मानिसको स्वास्थ्यमा धेरै ठूलो घात गर्दै मृत्युको मुखमा धकेल्छ भन्ने कुरा प्रायः डाक्टरहरूलाई थाहा छ र आधुनिक औषधविज्ञानले मान्छेको स्वास्थ्य बिगार्ने खेलका कारण उनीहरूसमेत वैकल्पिक उपायतिर अघि बढ्दैछन् ।

अन्त्यमा, पैसा कमाउन सम्पूर्ण मानवलाई सदा आफ्नो बल्छीमा अड्काइराखेर आफ्नो निगाहमा बाँच्न बाध्य बनाएर विश्वमाथि नै राज गर्ने फरमास्युटिकल कम्पनी र तिनीहरूको एकल एजेण्ट डब्लूएचओ तथा तिनीहरूकै अंशियारहरूको सम्पूर्ण मानवविनाशकारी महाभाइरसहरूको खेललाई अब संसारबाट सदाका लागि समाप्त गर्नुपर्ने देखिन्छ ।

बन्दाबन्दिको यस ६९ दिनमा नेपालमा १००० मानिस आत्महत्या गरेका छन् । केहि त क्वारेण्टाइन मै आत्महत्या गरेका छन् । १०० भन्दा बढी गर्भवती महिलाको ज्यान गएको छ । कतै भुईको कनिका टिप्ने लोभले पोल्टाको चामल खसेको चाल नपाइने हो कि ?यसर्थ मानिसलाई बाच्ने अधिकार दिन जरुरी छ । तसर्थ यस भ्रम बाट निस्कौं । लकडाउन बहिस्कार गरौं ।

सम्बन्धित् समाचार