कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ९ हरनामपुरमा एक जनाको कुटपीटबाट हत्या गरिएको छ । स्थानीय ५० वर्षीय श्याम नारायण तिवारीलाई धारिलो वस्तुले प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् । मृतक तिवारीको बांया आंखा किनारमा चोट रहेको छ ।त्यस्तै घांटी निर काटिएको अवस्थामा शव रहेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोली घटना स्थलमा पुगिसकेको छ । मृतक तिवारीको शवलाई घटना स्थलमै शील गरी प्रहरी नियन्त्रणमा राखिएको छ । आपसी लेनदेनका विषयमा झगडा हुंदा घटना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।








