कपिलवस्तुमा अन्ततः कोरोना भाइरस रोकथामका लागि लगाइएकोे लकडाउन असफल सावित हुँदै गएको छ । लकडाउनका बाबजुद संक्रमित संख्या ह्वात्तै बढेपछि असफल सावित हुन थालेको हो । जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले मंगलवार सुचना निकालेर केही निश्चित क्षेत्र निश्चित मापदण्ड पुरा गरि खोेल्ने अनुमति दिएको छ । जिल्लामा लकडाउन कसरी कार्यन्वयन भईरहेको छ ? भन्ने तर्फ सम्वन्धित निकायले अनुगमन गरेको देखिदैन् । कतिपय व्यपारीले प्रशासन विपरितका पसलहरु समेत खोलेको पाईएको छ । अत्यावश्यक पसलहरु पनि प्रशासनले तोकेअनुसार चलेका छैनन् । प्रशासन अत्यावश्यक पसलहरु विहान ११ बजेदेखि २ बजेसम्म खोल्न भने पनि त्यस्तो हुन सकेको छैन् । प्रशासनले आफुले गरेको निर्णय कार्यन्वयनमा चुनौति देखिएको छ ।
भारतसँगको सिमा नाकामा कडाई गर्ने नाममा रोकिएकाहरुमै कोरोना भाइरस सल्किएको तथ्य बाहिर आएको छ । सिमाबाट प्रवेश गरेकाहरु स्वस्थ अवस्थामै क्वारेन्टाइनमा राखिंदा कोरोना भाइरसको संक्रमण फेला परे । कपिलवस्तुकाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका अधिकांश कोरोना संक्रमित भेटिए । कपिलवस्तु क्षेत्रमा क्वारेन्टाइनमा रहेकाहरु संक्रमित भेटिएपछि अवस्था भयावह बन्दै गएको छ ।
संक्रमित बढेपछि अस्पतालहरु पनि भरिन थालेका छन् । स्वास्थ्यकर्मीदेखी संचारकर्मी नै संक्रमित भेटिएका छन् ।
लकडाउनका बाबजुद संक्रमण फैलिनु र सर्वसाधारण आर्थिक संकटमा पर्न थाल्नुले जटिल स्थिति आउन थालेको छ । यही बेलामा आन्तरिक राजश्व विभागले २५ जेठभित्र कर तिर्न सुचना निकालेको छ । यसले व्यवसायी थप तनाबमा परेका छन् ।
किराना पसल खोल्न दिने अन्य पसल खोल्न नदिने सरकारको नीतिले व्यवसायीहरु समस्यामा परेका हुन् । कपडा, सुनचाँदी, फर्निचर, निर्माण सामाग्रीलगायतका सामान विक्रीवितरण गर्ने व्यवसायी मारमा परेका छन् । होटल र रेष्टुरेन्ट व्यवसायी पनि मारमा परेका छन् । यसले दैनिक श्रम गरेर गुजारा चलाएकाहरु संकटमा परेका छन् ।
अवस्था थेग्नै नसक्ने भएपछि व्यवसायीले लकडाउन उल्लंघन गर्न थालेका छन् ।