गृहपृष्ठ अर्थ/वाणिज्य क्वारेन्टाइनमा बसेकालाई तरुण दल र नेविसंघ कपिलवस्तुको साथ

क्वारेन्टाइनमा बसेकालाई तरुण दल र नेविसंघ कपिलवस्तुको साथ

प्रकाशित मिति:

कोरोना माहामारीले विश्व समुदाय नै आक्रान्त भईरहेको अवस्था छ । घरभन्दा बाहिर रहेका व्यक्तिहरु पनि गाउँ फर्किएका छन् । गाउँमा फर्कने जो कोहीलाई पनि स्थानीय सरकारले धमाधम क्वारेनटाइनमा राखि रहेको छ । यसरी बाणगङ्गा ३ भक्तौलिकोे क्वारेन्टाइनमा बसेकालाई नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले सहयोग गरेको छ ।

जिल्लामा भरी नै लकडाउनको विषम परिस्थितिमा बिपन्न परिवारलाई खाद्यान्न लगायतका राहत सामाग्री हस्तान्तरण गर्दै जिल्लामै अग्रमोर्चामा रहेको तरुण दल र नेविसंघ छेत्र नं.१ कपिलवस्तुले बुधबार एक कार्यक्रमका बिच सहयोग प्रदान गरेको हो । सेवामा समर्पित कांग्रेसका यी दुई भातृ संगठनले क्वारेन्टाइनमै पुगि झुल,बाल्टि,मग साबुन र मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको छ । त्यस्तै वडा कार्यालय मार्फत उनीहरुलाई चामल, दाल,नुन र तेल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको तरुण दलका नगर सचिव प्रबिन पौडेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले समाजलाई नै आफ्नो घर भनेर बाहिरबाट आउने उनीहरुलाई समाजबाटै गलत दृष्टि हेर्न नहुने प्रष्ट पार्नुभयो । यस्तो बेलामा तरुण दल र नेविसंघ उनीहरुको साथमा रहेको र आत्मबल उच्च बनाउनका निम्ति सहयोग गरेको बताउनु भयो ।
यस्तै तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले जिल्लामा क्वारेन्टाइन ब्यवस्थित बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले कसैको पनि स्वास्थ्यसंग खेलवाड गर्न नहुने भन्दै स्वास्थ परिक्षण तत्काल गराउनुपर्ने माग गर्दै उनीहरुको मनोबल उच्च राख्न आफुहरु हर्दम तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, तरुण दल छेत्रीय सभापति तिलक थापा, नेपाली कांग्रेसका नेता बिष्णु प्रसाद न्यौपाने,इन्द्रमणी पौडेल, वडा नं.३ का वडाध्यक्ष सन्तराम रौतार, नगर कार्यपालिका सदस्य योगनाथ सुनार,तरुण दलका दिपक घिमिरे,प्रबिन पौडेल नेका वडा सभापति खिमानन्द पाण्डे नेका नेता राजन पाण्डे,कृष्णदेव पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

क्वारेन्टाइनलाई आवश्यक खाद्यान्न सामाग्री दाल,चामल,नुन र तेल तरुण दल र नेविसंघका नेता मार्फत वडा अध्यक्षलाई हस्तान्तरण गरिएको थियो । उक्त सामाग्री सहयोगका लागि तरुण दलका नेता प्रबिन पौडेल र कृष्ण पराजुलीले ब्यवस्थापन गर्नुभएको हो । सामाग्री ग्रहण गर्दै वडाध्यक्ष सन्तराम रौतारले क्वारेन्टाइन ब्यवस्थापन गर्न नसकिरहेका वेला आफ्नो वडाको क्वारेन्टाइन ब्यवस्थापनमा सहयोग गरिएकोमा सम्पुर्णलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो । क्वारेन्टाइनमा बसेकाहरुले समेत आफुहरुको आत्मबल बढाई दिएकोमा खुशी व्यक्त गरेका थिए ।

सम्बन्धित् समाचार