नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तुका जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष पोख्रेलले एक विज्ञप्ती जारि गर्दै अमानवीय घृणित र मानव मानव वीचको बन्धुत्व एवं भाइचाराको वाधक यस्तो प्रथाको शिघ्र अन्त्यको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन ।
उनले भनेका छन कथित अछुतको नाममा कर्मयोगी,परिश्रमी,सोझा,इमानदार व्यक्तिहरुको अपमान, व्यवहारमा समेत कसैलाई आँच नपुर्याउन सम्पुर्णमा अनुरोध समेत गरेका छन । त्यस्तै जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसलाई मनाउने मात्र होइन कार्यन्वयन गर्न पनि उनले माग गरेका छन् ।