आज कपिलवस्तुको कृष्णनगर वितरण केन्द्रको विद्युत आपूर्ति बन्द हुने भएको छ । कपिलवस्तुको कृष्णनगर अन्तर्ग पर्ने १३२,३३र ११ केभि अन्तर्गको शिवपुर सवस्टेसन विपरीत ३३ केभि औधौगिक फिडर तथा कृष्णनगर वितरण केन्द्र बाट सञ्चालित सम्पुर्ण फिडर १३२,३३र ११ केभि अन्तर्गको शिवपुर सवस्टेसनमा मर्मत कार्य गर्न लागेकाले उक्त वितरण केन्द्र अन्तर्ग बाट संचालित समपुर्ण फिडरहरुमा आज (शुक्रबार )विहान ७ बजे देखि दिउसो २ बजे सम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।
निर्धारित समय अगावै काम सकिएमा २ बजेभन्दा अघि नै विद्युत आपूर्ति पूर्ववत् सुचारु हुन सक्नेसमेत नेपाल विधुत प्राधिकरण कृष्णनगरले जनाएको छ। विद्युत सेवा बन्द हुँदा उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले सूचना जारी गर्दै क्षमा याचना गरेको छ ।