काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ३ सय २३ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९९ पुरुष र ६६ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
आज थपिएका संक्रमितहरु –
मोरङका २, सुनसरीका ५, सप्तरीका ८, कास्कीका ३ , स्याङजाका १०, बागलुङका १ ,नलवपरासीका ५ ,अर्घाखाँचीका १, कपिलवस्तुका ४८, रुपन्देहीका ३,
बझाङका ६ जना, कञ्चनपुरका १, काठमाडौंका ६ जना, अछामका १, कैलालीका २ जना, डडेल्धुराका १ ,
बाँकेका १२, बर्दियाका २८, दैलेखका ४७ जना, डोल्पाका १ , सुर्खेतका १० जना, जाँजरकोटका ४ जना, सल्यानका ३८ जना, भक्तपुरका १, धनुषाका ८ जना, महोत्तरीका ३५ जना, रौतहटका ६ जना, सर्लाहीका २७ जना थपिएका छन् ।
यसैगरी हालसम्म १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा छन् भने आज मात्रै ३२ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ।
थप २ जनाको मृत्यु कोरोना संक्रमणले भएको पुष्टि भएपछि नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ।