नेकपा कपिलवस्तुद्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टी नेता, सांसद र कार्यकर्ता बीच केही समय यता सामाजिक संजालका माध्यमबाट देखा परेका आरोप प्रत्यारोप प्रति पार्टीको ध्यानाकृष्ट भएको जनाएको छ ।
नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्ण) द्धारा जारी संयुक्त प्रेस विज्ञप्ती मार्फत नेपाल सरकार र विभिन्न संघ संस्थाका माध्यमबाट गरिएका संस्थागत कार्यलाई समेत ब्यक्तिगत प्रचार बाजी गर्ने परिपाटीको विकास भएको ठहर गर्दै त्यस्ता गलत प्रवृद्धिले एक अर्काबीच आरोप प्रत्यारोप श्रृजना गरेको र जनविश्वास समेत गुम्ने हुदा त्यस तर्फ पार्टीको ध्यान पुगेको स्पष्ट पार्दर्छौ भनिएको छ ।
विज्ञप्ती मार्फत सामाजिक संजालका माध्यमबाट आरोप, प्रत्यारोपमा संलग्न नहुन नेता, सांसद, कार्यकतालाई यसै विज्ञप्ती मार्फत आग्रह गर्दछौं भनिएको छ । त्यस्तो गरिएको पाइएमा पार्टीले त्यसलाई संस्थागत ढंगले कार्राहीको विषय बनाउने स्पष्ट पार्दछौं भनिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।