गृहपृष्ठ खबर बैतडीको क्‍वारेन्टाइनमा एक पुरुषको मृत्यु,कोभिड-१९ परीक्षण गरिँदै

बैतडीको क्‍वारेन्टाइनमा एक पुरुषको मृत्यु,कोभिड-१९ परीक्षण गरिँदै

प्रकाशित मिति:

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ।  पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्‍वारेन्टाइनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको गएराति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए।

हिजो, २४ जेठ बिहान भारतको बैङ्गलोरबाट आइपुगेका ती व्यक्ति क्‍वारेन्टाइनमा बसेका थिए। एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे ८ बजेतिर मृत्यु भएको भट्टले जानकारी दिए।

मृतकको स्वाबको नमूना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।

ती व्यक्तिसँग भारतबाट अरु १३ जना आएका थिए। उनीहरू पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसिरहेका छन्। रासस

सम्बन्धित् समाचार