गृहपृष्ठ खबर जसपाको पद मिलान,एउटा पार्टीका ३ अध्यक्ष,दल दर्ता गर्न आयोग जाने

जसपाको पद मिलान,एउटा पार्टीका ३ अध्यक्ष,दल दर्ता गर्न आयोग जाने

प्रकाशित मिति:

काठमाडौं, जेठ २५  : जनता समाजवादी पार्टी आफ्नो दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ। जसपाका नेताहरु आइतबार दिउँसो ३:३० बजे दल दर्ताको प्रक्रिया औपचारिकरुपमा अगाडि बढाउनका निर्वाचन आयोग जाने भएका हुन्। जसपाले सांगठानिक रुपमा नमिलेको विषयलाई टुंग्याएको एक नेताले जानकारी दिए। उनका अनुसार संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव हुने भएका छन्।

यता तत्कालीन संघीय समाजवादीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पदाधिकारीको टुंगो लागेकाले आज दल दर्ताको बाँकी प्रक्रिया अगाडि बढाउने बताए। आज जसपाले तत्कालीन समाजवादी र राजपामा रहेका पदाधिकारीमा रहेका ५१ जनालाई केन्द्रीय सदस्यको हैसियतमा निर्वाचन आयोगमा नामावली पेस गर्ने भएको छ। यस्तै अशोक राई र राजेन्द्र महतो पनि पदाधिकारी मै रहने भएका छन्।

सम्बन्धित् समाचार