गृहपृष्ठ खबर अर्को वर्षदेखि मेलम्चीमा प्रश्‍न उठाउनु पर्दैन : खानेपानी मन्त्री मगर

अर्को वर्षदेखि मेलम्चीमा प्रश्‍न उठाउनु पर्दैन : खानेपानी मन्त्री मगर

प्रकाशित मिति:

खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीबारे प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजन भएको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठ्दै आएका प्रश्नको बिटमार्ने समय छिट्टै आउने बताएकी हुन्।

उनले आगामी आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गरिन्। दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथभन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिने बताइन।

आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने पनि उनले बताइन्। तराई क्षेत्र खासगरी प्रदेश नम्बर दुईमा खानेपानीमा आर्सनिक समस्या रहेको र त्यसको समाधानका लागि तत्कालीन र दिर्घकालिन योजनासहित अगाडि बढेको मन्त्री मगरले बताइन्। वास प्लानअनुसार तत्कालीन अवस्थामा समाधान गरिने र दीर्घकालीन रूपमा मेचीदेखि महाकालीसम्मका खोलाहरुलाई सम्भाव्यता अध्ययन गर्ने र सम्भव भएकालाई आगामी आर्थिक वर्षदेखि नै डिपिआर कार्यान्वयनमा लैजाने गरी कार्यक्रम तय भएको जानकारी दिइन्।

यस्तै, देशैभर लागू हनेगरी खानेपानीको वास प्लान विकास गरिने र त्यसैको आधारमा खानेपानीका आयोजना तय गरिरने उनको उनको भनाई छ। यस्तै आगामी आर्थिक वर्ष भित्रमा ९४ प्रतिशत जनसंख्यामा आधारभुत खानेपानीको पहुँच पु¥याउने लक्ष्य सहित कार्यक्रम अगाडि बढाइएको उनले बताइन। । उनले इतिहासमै पहिलो पटक खानेपानी विधेयक संसदमा प्रस्तुत भएको र छिट्टै कानूनको रुपमा आउने विश्वास व्यक्त गरिन्।

सम्बन्धित् समाचार