रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सत्तारुढ दल नेकपाका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन भएको संसद सचिवालयले जनाएको छ।
पौडेलको संयोजकत्वमा बनेको विशेष समितिमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली ९स्नेही० विमला बिक, महेश्वरजंग गहतराज ९अथक०, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य रहेका छन् । समितिले सभामुखको निर्देशनमा रहेर कार्यविधि बनाएर छानविन अघि बढाउने छ। समितिले आवश्यक ठानेमा अरु व्यक्तिहरुलाई समितिमा सदस्य बनाउन सक्नेछ। समितिले अरु कामहरु प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम अघि बढाउने बताइएको छ।
उक्त समितिको म्याद काम सुरु भएको मितिले ३० दिन तोकिएको छ। ुसंसदीय समितिले औपचारिक रूपमा काम गरेको दिनदेखि ३० दिनको म्यादमा रहेर समितिले काम गर्ने छु संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने। अन्तरजातीय विवाहको विषयलाई लिएर हत्या भएको भन्दै यो घटनाको चौतर्फी आलोचना भइरहेको छ। पूर्व गृहमन्त्री जनार्दन शर्मालाई त उक्त घटनाको ढाकछोप गर्न लागेको आरोप पनि लागेको छ। कांग्रेसले यो घटनालाई छानविन गर्न पटक पटक संसदमा संसदीय विशेष समिति गठन गर्न माग गर्दै आइरहेको थियो।