गृहपृष्ठ खबर अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका ५७ वर्षीय एक पुरुषको मृत्यु

अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका ५७ वर्षीय एक पुरुषको मृत्यु

प्रकाशित मिति:

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुषको ज्यान गएको छ। बुटवलदेखी उपचार गरी फर्किदै गर्दा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिएका छन् ।

मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्किर्दै गर्दा बाटोमै मृत्यु भएको हो। भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए । घाँटीको सल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्क आएका थिए ।

सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किँदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए । उनको स्वाब परीक्षणका लागि पठाइएको तर रिपोर्ट भने आइनसकेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

सम्बन्धित् समाचार