गृहपृष्ठ खबर बार्सिलोनाद्धारा मार्लोका ४–० ले पराजित

बार्सिलोनाद्धारा मार्लोका ४–० ले पराजित

इलाम कोरोनाका कारण ९८ दिनपछि मैदान फर्किएको बार्सिलोनाले ला लिगा अन्र्तगत मार्लोकालाई ४–० ले हराएको छ। दर्शकविहीन रंगशालामा खेलिएको २८ औ चरणको खेलमा क्याटलान क्लबको जितमा अर्टुरो भिदाल, मार्टिन ब्रेथवेट, जोर्डी अल्बा र लियोनेल मेस्सीले समान १÷१ गोलको योगदान दिए। खेलको ६५ सेकेन्डमै बार्साले सुरुवाती अग्रता लियो।

जोडी अल्बाको लेफ्ट फुटर क्रस पासलाई पेनाल्टी एरियामा हेडर मार्फत भिदालले पहिलो गोल गरे। १० खेलपछि भिदालले त्यो पहिलो गोल थियो। ५ जनवरीमा स्पान्योल विरुद्ध खेलको ५९ औ मिनेटमा गोल गरे यता भिदालले कुनै पनि खेलमा गोल गर्न सकेका थिएनन्। ब्रथवेटको डेब्यु गोल मार्लोका विरुद्ध ३७ औ मिनेटमा कप्तान मेस्सीको पासमा ब्रथेवेटले अग्रता दोव्वर बनाए।

 

बार्सिलोनाको लागी ब्रेथवेटको त्यो डेव्यु गोल समेत थियो। लेगानेसबाट १८ मिलियनमा चालु सिजनमा बार्सा आएका ब्रेथबेटले चौथो खेलमा गोलको खाता खोले। पहिलो हाफमा २–० को अग्रता बनाएको बार्साले दोश्रो हाफमा थप २ गोल ग¥यो। ७९ औ मिनेटमा मेस्सीकै असिस्टमा जोडी अल्बाले वान भर्सेस वानको अवस्थामा टिमका लागि तेश्रो गोल गरे। त्यो गोलको निर्णयका लागि भिडियो अस्सिटेन रेफ्री ९भार० को सहायता लिइएको थियो।

सम्बन्धित् समाचार