कपिलवस्तु जिल्लाकी राष्ट्रिय सभा सदस्य माननीय बिमला घिमिरेले राष्ट्रिय सभा बैठकमा आफ्ना विचार राख्दै विचार राख्ने क्रममा नयाँ नक्सा कायम गर्न देखिएको एकता अभूतपूर्व भएको बताउनुभएको छ । उहाँले यस्तो ऐतिहासिक अभिभारा पूरा गर्न नेतृत्व प्रदान गर्ने प्रधानमन्त्री,भूमि सुधार मन्त्री , मन्त्री परिषद तथा सम्पूर्ण प्रतिनिधि सभा सदस्यलाई आभार प्रकट गर्नुभयो । नक्सा मात्रै होइन जमिनसमेत फिर्ता ल्याउन सरकार सक्षम रहेको विश्वास व्यक्त गर्दै उहाँले आन्दोलनको नाममा देखिएका विकृतिप्रति टिप्पणी गर्नुभयो ।
विविधताका बिचमा एकता कायम गर्दै अगाडि बढ्न सरकार सक्षम भएको बताउँदै देशका सम्पूर्ण क्षेत्रको सीमा सुरक्षाका लागि सबै एकताबद्ध हुा आह्वान गर्नुभयो ।