गृहपृष्ठ खबर कोरोना असर कम भएको ठाउँमा नियमित पठनपाठन सुरु गर्न सकिने

कोरोना असर कम भएको ठाउँमा नियमित पठनपाठन सुरु गर्न सकिने

काठमाडौं । कोरोना असर कम भएको ठाउँमा नियमित पठनपाठन सुरु गर्न सकिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बताएको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले
उच्च पहाडी तथा हिमाली क्षेत्रमा कोरोनाको असर खासै नदेखिएकाले यस्ता ठाउँमा सामाजिक दूरी कायम गरेर पठनपाठन सुरु गर्न सक्ने बताएको छ ।

यता देशमा लकडाउन खुकुलो भए झापाको एक सरकारी विद्यालयले भने नियमित पठनपाठन सुरु गरेको छ।शिवसताक्षी नगरपालिका- ३ को शान्ति आधारभूत विद्यालयले भौतिक दूरी कायम गरेर पठनपाठन सुरु गरेको हो। यस विद्यालयमा पठनपाठन सुरु भए सँगै चौतर्फी बहस सुरु भएको छ । यस्तो विषम परिस्थितिमा संक्रमण फैलिए जिम्मेवार को ? स्कुल खोल्ने अनुकुल समय भएको हो त? भन्ने जस्ता प्रश्नहरु अनुत्तरित बनेका छन् ।

देशभर २७ हजार ७ सय ४ सामुदायिक विद्यालयमध्ये २५ जनाभन्दा कम विद्यार्थी संख्या भएका ३ हजार र १ सयभन्दा थोरै विद्यार्थी भएका १५ हजार विद्यालय छन् ।

सम्बन्धित् समाचार