प्पुठान
नेपालमा बिगत दस बर्षदेखि स्थापना भएकाे संथा स्कुल अफ डेमोक्रेसी प्युठानकाे पहिलाे नेतृत्व नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता प्रमाेद पाेख्रलले पाएका छन ।
एक दशक जति पत्रकारिता पेशामा आबद्व भई संचारमाध्यम मार्फत समाज परिबर्तन काे दिशामा अगाडि बढेका पाेख्रेल बिगत केही बर्ष देखि राजनैतिक पेशामा आबद्व छन। पाेख्रेल गएकाे स्थानियतहकाे निर्वाचनमा झिमरुक गाउपालिककाे अध्यक्ष पदमा चुनाब लडेका थिए ।
आफुले नेतृत्व पाएकाे संथाले क्रियाशिल राजनितीक दलहरु , सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्नुका साथै आर्थिक सामाजिक राजनैतिक परिबर्तनमा ठुलाे भुमिका खेल्ने बताउछन।
संस्थालाई लोकतान्त्रिक मूल्य मान्यताका बारेमा सिक्ने र सिकाउने थलोको रुपमा विकास गर्ने लक्ष्य राखिएको हुदा जिल्लामा सबै स्थानिय तहमा गठन गरिने पाेख्रेल बताउछन।








