कुरा केही समय अगाडिको हो, एक जना वृद्धा महिला आफ्नो घरबाहिर यताउता गरिरहनु भएको थियो म त्यही बाटो जाँदै थिए र मेरो आखा ति वृद्धा महिलातिर परयो त्यसपछि मलाइ उहाँसग सोध्न मन लाग्यो र सोधे आमा केही खोजिरहनु भएको जस्तो छ नि? त्यतिकैमा उहाको जवाफ आयो हो बाबु मैले सियो खोजिरहेको छु । सियो घरभित्र हराएको थियो तर भित्र अँध्यारो भएकाले मैले बाहिर खोजिरहेको छु । त्यो जवाफ सुनेर म अचम्मित भए अनि सोच्न थाले आखिर मेरो देशको हालत जताततै यस्तै त छ ।
ती वृद्धा महिला त एक प्रतिनिधि पात्र मात्र थिइन् । कोरोनाको माहामारीले भन्दा पनि भष्ट्रचारी भाइरसहरु तिब्र रुपमा फैलिरहेका छन् । चाहे भूकम्प, चाहे महामारी, चाहे बाढीपहिरो होस कसरी आफ्नो सम्वृदि गर्न सकिन्छ भनेर सल्बलाउनेहरुको कमि छैेन यहाँ । कतै राहतको नाममा त कतै किट किन्ने बहानामा त कतै कार्पेट किन्ने बहानामा । करिब २९% कुल गार्हस्थ उत्पादन ओगटेको रेमिटेन्समा योगदान दिने नेपाली युवाहरुको कुनै खोजिनीति छैन । खोजिनिती छ त केवल बजेटका पानाहरुमा ।
नेपालमा ८० दिनको लकडाउनमा १००० भन्दा बढीले आत्महत्या गरे भने १५ जनाको मृत्यु पछि कोरोना पोजेटिभ देखियो र ५००० भन्दा बढीमा संक्रमण देखिएको छ । यसरी हेर्दा ०.३% मात्र मृत्युदर देखिन्छ । ती १५ जनामध्ये पनि अधिकांश अरु नै रोगले संक्रमित थिए । कैयौ महिलाहरु सुत्केरी बेथा लागेको बेला हस्पिटल जान नपाएर ज्यान गुमाए । नेपालमा कोरोनाले मान्छे मर्यो कि लकडाउनले ? अहिले सम्म त केवल १००० जनाले आत्माहत्या गरे तर अर्को १०औ हजारले डोरी किनेर बसेका छन । उता सरकारले असाढ ७ सम्म कर तिर्ने भाका दिएको छ । कहाबाट तिर्ने बैंक ब्याज, कहाँबाट तिर्ने बिद्युत महशुल, पानीको महशुल, केटाकेटीको फिस,किताबको बिल आदिआदि । बिदेशीले दान दिएको किटबाट परीक्षण गरेर स्कुलको बेन्च र चौरमा मान्छे सुताएर ७० दिनमा १० अर्ब खर्च भो भन्ने सरकारले जनतालाई घरभित्र थुनेर कर तिर्ने म्याद दिन सुहाउँछ ?
नेपालमा लकडाउन त केबल बाहाना मात्रै हो । कोरोना टेस्टको दायरालाई फराकिलो नबनाईकन जतिसुकै लकडाउन लम्ब्याए पनि हामी सोझासाझा जनतालाई सास्ती बाहेक केही हुनेवाला छैन । यही वहानामा ब्यापारीहरुले सामान महङ्गो बनाएका छन्, नेता कार्यकर्ताहरु राहतको नाममा अाफ्नो भकारी भरिरहेका छन् । निजी अस्पतालका सञ्चालकहरु कोरोना टेस्ट किट संकलनतिर लागिरहेका छन ताकी किट अभाव बनाएर महंगोमा आफअंले परीक्षण गर्न पाइयोस् । बैंक बित्तिय संस्थाहरु किस्ता र ब्याज अँसुलीतिर लागेका छन्, केही निजी विद्मालयहरु अनलाईन कक्षाको वाहानामा विद्यार्थीको फिसको बिल पठाउन थालेका छन् । अनि हामी सोझासाझा जनता चाँहि साबुन पानी र सेनिटाईजरले हात सफा गर्दै घरभित्रै बसेर लकडाउनको पालना गर्नुपर्छ है भनिरहेका छौँ । यही होइन त हाम्रो यथार्थ ? के हामी सधैँभरी यसरी नै बस्न सक्छौ त ? अवस्य सक्दैनौँ । बाटोमा हिडदा दुर्घटना हुन्छ भनेर हिड्नै छाड्ने , उकालो चढ्दा लडिन्छ भनेर चढ्नै छाड्ने हो ? हो भने विश्वको सर्वोच्च शिखर सगरमाथामा अहिलेसम्म यति धेरै मानिस चढेका हुँदैनथे होला । परिस्थितिसंग लडेर सामना गर्नुपर्छ हटेर होईन । जबसम्म तपाइँको घरमा रासन छ खातामा पैसा छ तपाईँ कोरोनादेखि डराउनुहुन्छ । जुनदिनदेखि रासन र बैंक ब्यालेन्स समाप्त हुन्छ , कोरोनाको डर पनि समाप्त हुन्छ । मानिसको सबैभन्दा ठूलो उद्देश्य बांच्नु हो त्यसको लागि मानिस हरेक कुराको सामना गर्न सक्छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार परीक्षणको दायरालाई बढाएर दैनिक ४५०० सम्म कोरोना परिक्षण गर्न सकिने भनिएको छ । यहि गतिले परिक्षण गर्दै जाने हो भने तिन करोड नेपालीको एक पटक मात्र परिक्षण गर्न करिब साढे अठार वर्ष लाग्ने देखिन्छ । के साढे अठार वर्ष सम्म लकडाउन गर्ने ? अवश्य सम्भव छैन । विदेशी भूमि र सिमानामा अलपत्र परेका नेपालीहरुको उचित ब्यवस्थापनको साथ स्वदेश ल्याउने कार्य अगाडि बढाउन सरकारी स्तरबाट पहल हुन एकदमै जरुरी देखिन्छ । साथै हरेक नागरिकले आफ्नो कर्तब्य जिम्मेवारी पूर्वक निर्वाह गर्दै भौतिक दुरी कायम राख्दै अब सबै आआफ्नो काममा फर्कनुपर्छ ।यही नै सबैभन्दा उत्तम देखिन्छ ।
रेशम खराल , वा.न.पा. ११, मर्थी क.व.