नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले नदीजन्य पदार्थमा तस्करहरुलाई राननितिक संरक्षण नगर्न आग्रह गरेका छन । राजनैतिक दलका नेता तथा जनप्रतिनिधिहरुले तस्करहरुलाई संरक्षण गर्न पहल गर्ने गरेको बताउदै यो कार्यले तस्करहरुको मनोबल बढने गरेको बताए । बाणगंगाको राजापानीमा भएको आर्थिक बर्ष २०७७÷७८ को निति कार्यक्रम तथा बजेट तयारी सम्बन्धी सुझाव सकंलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
त्यस्तै उनले बाणगंगामा संचालित क्रेसरहरुलाई अझै व्यवस्थीत गराएर लैजानु पर्नेमा जोड दिएका थिए ।