गृहपृष्ठ Featured बाणगंगामा नगर प्रहरी राख्ने तयारी उदारणीयः समाजसेवि घिमिरे

बाणगंगामा नगर प्रहरी राख्ने तयारी उदारणीयः समाजसेवि घिमिरे

 

बाणगंगा नगरपालिकाले यस आर्थिक बर्षबाट नगरपालिकामा नगर प्रहरी राख्ने तयारीलाई उदारणीय काम भन्दै समाजसेवि दोलकराम घिमिरेले प्रशंसा गरेका छन । नदीजन्य पदार्थको नियन्त्रणका लागी नगरपालिका जिम्मेवार बन्दै नगर प्रहरी राखेर अहिलेको आवश्कयता पुरा गरेको बताए ।

बाणगंगा नदीको संरक्षण अहिले हामी सबैको जिम्मेवारी रहेको जिकिर गर्दै नगर प्रहरीले यसलाई थप सहज बनाउने घिमिरेले वैखरी अनलाइनलाई बताए । यस्तो उदारणीय निर्णयका लागी उनले नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष सहित सबैलाई धन्यवाद समेत दिएका छन । बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७७ / ७८ मा नगर पालिकामा नगर प्रहरी राख्ने तयारी गरेको छ ।

सम्बन्धित् समाचार