गृहपृष्ठ खबर नेपालीकी प्रथम महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीको निधन

नेपालीकी प्रथम महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीको निधन

काठमाडौं । शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । जोशीको ८९ वर्षको उमेरमा शनिबार काठमाडौंमा निधन भएको हो ।

करिव तीन सातादेखि छातीमा संक्रमणका कारण उपचारमा रहनुभएका जोशीको शनिबार २ बजेर ४५ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उहाँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । काठमाडौंकी स्थायी बासिन्दा जोशी नेपालकै पहिलो क्याम्पस प्रमुखसमेत हुनुहुन्थ्यो । त्यस्तै नेपालबाट उच्च शिक्षाका लागि सात समुद्रपार जाने पहिलो नेपाली महिला पनि हुनुहुन्थ्यो ।

जोशीको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिने भएकाे छ ।

सम्बन्धित् समाचार